शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नगद र अवैध सुनसहित भारतीय नागरिक पक्राउ

बुधबार, २७ असार २०७५, २१ : ०३
बुधबार, २७ असार २०७५

बैतडी । नेपाल–भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिकसहित दुई जनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय जगदीश बर्मा र बैतडीको दशरथचन्द नगरपालिका–४ का २१ वर्षीय विशाल गहतराज रहेका छन् । 

भारतीय नागरिक बर्माको साथबाट ६० ग्राम सुन र २४ हजार ३९० भारतीय रुपैयाँ र नेपाली नागरिक गहतराजबाट तीन लाख २७ हजार ९८५ र ११ ग्राम ६६४ मिग्रा सुन फेला पारिएको हो । 

शंकास्पद आधारमा मंगलबार अपराह्न सीमानाका झुलाघाटमा सुन किनबेच गरिरहेका बेला सीमा प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

भारतीय व्यापारी बर्माबाट नेपाली व्यापारी गहतराजले सुन किनिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई आवश्यक कार्बाहीका लागि आज कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप