बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्णिमालाई अध्यक्ष पौडेलद्वारा रक्तदान

बुधबार, २७ असार २०७५, २१ : ०२
बुधबार, २७ असार २०७५

दाङ । बबई गाउँपालिका–३ की पूर्णिमा विश्वकर्माका लागि बुधबार गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले रक्तदान गरेका छन् । बिरामी भएर राप्ती उप–क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी विश्वकर्माका लागि अध्यक्ष पौडेलले रक्तदान गरेका छन् । 

अध्यक्ष पौडेलले रक्तसञ्चार केन्द्र घोराहीमा आएर पूर्णिमा विश्वकर्माका लागि रक्तदान गरेका हुन् । बिरामी भएर अस्पतार भर्ना भएपछि अध्यक्ष पौडेलले रक्तदान गरेको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलिप न्यौपानेले जानकारी दिए ।  

रगत अभावका कारण समस्यामा परेकी पूर्णिमाको राप्ती उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । साथै गााउँपालिकाक अध्यक्ष टंकराज विश्वकर्माले पनि पूर्णिमाका लागि रक्तदान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप