बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् थाई गुफाबाट १३ जनालाई सकुशल उद्दार गर्ने ‘असली हिरोहरु’ (परिचयसहित)

बुधबार, २७ असार २०७५, २० : ४५
बुधबार, २७ असार २०७५

एजेन्सी– २३ जुनमा दक्षिणी थाइल्यान्डको एक गुफामा पसेका १ फुटबल कोचसहित १२ बालकको मंगलबार सकुशल उद्धार गरिएको छ । १८ दिनपछि उनीहरुलाई एउटा कुशल गोताखोर टिमले बाहिर निकाल्न सफल भएको हो, यद्यपि, त्यसमा थाइ जलसेनाका थुप्रै जवानहरुले अथक मेहनत गरेका थिए ।

गुफामा भित्रिएलगत्तै आएको अविरल वर्षाका कारण भित्रै फसेका उनीहरुबारे ९ दिनपछि मात्र पहिचान भएको थियो । गुफाको प्रवेशद्वारमा पानी जमेपछि उनीहरुको उद्दार निकै कठिन भएको थियो । गुफाको द्वारबाट करिब ४ किलोमिटर भित्र अध्याँरो र निकै डरलाग्दो परिवेशमा फसेका उनीहरुलाई सकुशल उद्दार गर्न सफल गोताखोर र सेनाको टिमबारे अहिले विश्वभर प्रशंसा भइरहेको छ । त्यति डरलाग्दो उद्दार अभियानमा खट्ने केही असरी हिरोहरुको बारेमा यहाँ संक्षिप्तमा परिचय दिन खोजिएको छ ।

रिचर्ड ह्यारिस् 


अष्ट्रेलियाका डा.रिचर्ड ह्यारिसले थाई गुफाबाट एक फुटबल कोचसहित १२ जनाको उद्धारका लागि निकै ठूलो मेहनत गरे । उनी १२ बालकको ज्यान बचाउने अभियानमा गुफाभित्र दौडिरहँदा उनका पिताको मृत्यु भएको समाचार आएको थियो तर उनले त्यो काम गरेर मात्र घरतिर फर्के । अष्ट्रेलियाली मिडियाहरुका अनुसार उनी आफ्नो विदाका बेलामा गुफाको उद्दार मिसनमा खटेका थिए ।

नेवी सिल


थाइल्यान्डका सील त्यहाँका जलसेनाका सदस्य हुन् । उनैले पहिलोपटक आफ्नो फेसबुक पेजमा ‘१ फुटबल कोचसहित १२ जना बालकको सकुशल उद्दार गरियो, अब सबै सुरक्षित रहेका छन्’ भनेर स्टाटस् लेखेका थिए । उनको यो खबर एक मिनेटमै संसारभर खुसीको रुपमा हावासरी फैलिएको थियो ।  

समन गुना


थाइ जलसेनामा कार्यरत उनले पनि गुफामा फसेका बालकहरुको उद्धारमा निकै ठूलो मेहनत गरेका थिए । बालकहरुलाई बचाउनका लागि अँध्यारो गुफाको अनकन्टार गल्छीहरु पन्छाउँदै जाने क्रममा उनको अक्सिनको कमी भएका कारण बीचमै मृत्यु भयो । गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएपनि उनले भने उनीहरुकै उद्धारका लागि मृत्युवरण गर्नुपर्यो । उनलाई थाइ सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको छ ।

कोच एकापोल


जुन २३ मा गुफामा फसेदेखिनै फुटबल कोच एकापोलले १२ बालकलाई आतिन दिएनन् । उनकै कारण ९ दिनसम्म बालकहरुले भोक, तिर्खा र प्यास बिर्सिए । फसेका १३ जनाको समुहमा उनीनै कमाण्डर भएकोले उनको धैर्यता टुटेको भए जे पनि हुन सक्ने अनुमान लगाउन सकिन्छ । बीचमा उनले पठाएको सन्देशमा भनिएको थियो कि ९ दिनसम्म अन्धकार र डरलाग्दो गुफामा रहँदा १२ बालकको ख्याल राख्न उनले कुनै कसर बाँकी राखेनन् । त्यसैले उनलाई पनि यो संकट पार गर्ने असली हिरोको रुपमा लिन सकिन्छ ।

जोन वाल्थन र रिक स्टानन् 


गुफामा फसेका बालकहरुको उद्दारमा ब्रिटिश गोताखोरहरुको ठूलो हात रह्यो । ती मध्ये जोन वाल्थन र रिक स्टानन् पनि एक हुन् । उनीहरु संसारका सबैभन्दा कुशल गोताखोर भनेर चिनिन्छन् । यी दुई गोताखोरकै पहलमा सबैभन्दा पहिला २ जुलाईमा बच्चाको पहिचान गरिएको थियो । त्यसपछिका केही दिनको प्रयासमा उनीहरुको उद्दार सुरु भएको थियो ।

त्यस्तै थाइल्याण्डका इवान केर्दजी,क्यानडाका एरिक ब्राउन, फिनल्यान्डका मिको पासी, थाइल्यान्डकै रेसमिसेन, बेल्जियमका बेन रेमेनेन्टस् तथा थाई नौसैनिक र त्यहाँका चिकित्सहरु पनि सो मिसनमा निकै कष्ट बेहोरेर मेहनेतका साथ खटेका थिए । अथक मेहनेत र परिश्रमको  परिणामस्वरुप १३ जनाकै उद्धार भएको छ । जुन टिमलाई अहिले विश्वभर असली हिराको रुपमा हेरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप