बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्जन्हा नगरपालिकाको कार्यालयमा अज्ञात समुहद्वारा आगजनी

बुधबार, २७ असार २०७५, १९ : २०
बुधबार, २७ असार २०७५

सिरहा– सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गएराति आगजनी गरेका छन् । कर्जन्हा नगरपालिका बडा नं. ११ स्थित बगहामा रहेको नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गरेको आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचर लगायतका समानहरुमा क्षति पुगेको छ ।

नगरपालिकाका मेयर गंगा पासवानले नगरपालिकाको केन्द्र भाड्ने नियतले आगजनी गराएको स्थानिय राजलाल कामतले आरोप लगाए । नगरपालिकाको साविक केन्द्र बगहा रहेपनि मेयर पासवानले कर्जन्हा बजारमा राख्ने पक्षमा रहेकोले स्थानीयहरुले बगहा केन्द्र राख्नुपर्ने भन्दै अदालतमा मुद्धा दिएको थियो । अदालतले कर्जन्हा नगरपालिकाको केन्द्र बगहा राख्नुपर्ने आदेश समेत दिएको स्थानिय अनिल महतोले बताए । 
कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले आफ्नो स्वार्थ लागि नगरपालिकामा आगजनी गराएको भन्दै स्थानीयहरुले पूर्वपश्चिम लोकमार्गको वस्तिपुर मिर्चैया सडकखण्ड अन्तर्गत बगहामा चक्काजाम गरेका थिए । कार्यालयमा आगजनी गर्ने  समुहको पक्राउ गरी कार्वाही गनुपर्ने माग गर्दै आज करिब विहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको स्थानिय राजलाल कामतले बताए ।
 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप