शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा ट्रिपर आतंक बढेसँगै गृहको यस्तो निर्देशन आयो

बुधबार, २७ असार २०७५, १९ : ०७
बुधबार, २७ असार २०७५

काठमाडौं । उपत्यकामा ट्रिपरको कारण सवारी दुर्घटना अत्याधिक रुपमा बढ्न थालेपछि गृह मन्त्रालयले दुर्घटना न्यूनीकरण गर्नको लागि दिउँसो ट्रिपर चलाउन नपाइने नियम ल्याएको छ । 

गृहले उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । गृहले यो नियम साउन १ गतेदेखि लागू गर्ने गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । 

प्रवक्ता सुवेदीका अनुसार राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन हुन्छन् । गृहको यो निर्णयले सवारी दुर्घटनामा कमी आउने सुवेदीले बताए । 

गत १० दिनको बीचमा भक्तपुरमा मात्र ट्रिपरले दुई जनाको ज्यान लिएपछि सामाजिक सञ्जालमा ट्रिपर सञ्चालनमा रोक लगाउनुपर्ने भन्दै कडा विरोध भएको थियो । ट्रिपरको कारण दुर्घटना बढेपछि गृहमन्त्रालय र ट्राफिक प्रहरीले यसमा चासो देखाएको थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप