शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाश विकास बैंकको शाखा रुपन्देहीको भलबारीमा

बुधबार, २७ असार २०७५, १९ : ०५
बुधबार, २७ असार २०७५

रुपन्देही । कैलाश विकास बंैक लिमिटेडले आषाढ २७ गतबाट रुपन्देहीको भलबारीमा आफ्नो ५४ औँ शाखा स्थापना गरी कारोवार सुरु गरेको छ ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक भैरहवाका मुख्य व्यवस्थापक अशोक पौडेलले गरे ।

उक्त शाखाबाट सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । नयाँ शाखा सहित बैंकको शाखा संख्या ५४ पुगेको छ भने एटीएम संख्या २५ पुगेको छ ।

बैंकले निकट भविष्यमा धनुषा जिल्लाको जनकपुर, ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप