शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र मन्त्रालयका सचिवहरुको गम्भीर बैठक जारीः आजै कडा निर्देशन दिने

बुधबार, २७ असार २०७५, १८ : २३
बुधबार, २७ असार २०७५

काठमाडौं– विभिन्न मन्त्रालय तथा संवैधानिक निकायका सचिवहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी वार्षिक कार्ययोजना प्रस्तुत गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजेदेखि सूरु भएको प्रधानमन्त्री–सचिव बैठकमा सचिवहरुले वार्षिक कार्ययोजना प्रस्तुत गरिरहेका हुन् । 

सचिवहरुले आफ्नो मन्त्रालय तथा निकायबाट गत महिना प्रस्तुत बार्षिक नीति तथा कार्यक्रम र बजेटबाट एक बर्षभित्र सम्पन्न गर्न सकिने कार्ययोजना प्रधानमन्त्रीलाई प्रस्तुत गरिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘सचिवज्यूहरुले १ बर्षभित्र सम्पन्न गर्ने कार्ययोजनाका साथै ५ बर्षमा हुने प्रगतिबारेमा प्रधानमन्त्रीज्यूलाई ब्रिफिङ गरिरहनुभएको छ । उहाँहरुले आज प्रस्तुत गरेको कार्ययोजनामाथि प्रधानमन्त्री कार्यालयले निरन्तरण अनुगमन गर्नेछ ।’

मन्त्रालयले बनाएका कार्ययोजना लागू भए नभएको बारेमा, प्रगतिका बारेमा मन्त्रालयको एक संयन्त्रले अनुगमन गर्ने र त्यो अनुगमनको पनि प्रधानमन्त्री कार्यालयले अर्को अनुगमन गर्ने योजना रहेको प्रवक्ता कुँवरले जानकारी दिए । 

सचिवहरुको कार्ययोजना सुनेपछि प्रधानमन्त्रीले ओलीले आजै वा कार्यक्रम लम्बिएमा भोलि सचिवहरुलाई निर्देशन दिनेछन् । प्रधानमन्त्री–सचिव बैठकमा सम्पूर्ण मन्त्रालयका सचिव तथा संवैधानिक निकायका सचिवहरुको उपस्थिति रहेको छ । गत असार २५ गतेभित्र सबै मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री समक्ष प्रस्तुत गर्न आगामी एक बर्षको कार्ययोजना तयार पार्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप