बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुस्तकालयलाई कुमारी बैंकको सहयोग

बुधबार, २७ असार २०७५, १७ : १७
बुधबार, २७ असार २०७५

कैलाली । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कैलालीस्थित दुर्गा लक्ष्मी क्याम्पसको पुस्तकालयलाई फर्निचर वितरण गरेको छ । उक्त क्याम्पसले विगत कैयौँ वर्षदेखि त्यस अत्तरिया क्षेत्रमा स्नातकोत्तर सम्मको शिक्षा प्रदान गर्दै आएको छ । 

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंक लिमिटेडले  आगामी दिनमा पनि यस्ता सेवामुलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप