शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र पानस रेमिटबीच रेमिटेन्स सम्झौता

बुधबार, २७ असार २०७५, १७ : १३
बुधबार, २७ असार २०७५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानस रेमिटबीच युरोप लगायत अन्य मुलुकबाट नेपालमा बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम अब पानस रेमिट मार्फत युरोप, अमेरिका, अस्ट्रेलिया र मध्य पूर्वी देशहरुबाट नेपालमा पठाएको विपे्रषण रकम नेपालमा रहेका आफन्तहरु तथा अन्य व्यक्तिहरुले सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेको ७४ वटा शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा पानस रेमिटका प्रमुख कार्यकारी अधिकृत धर्मराज पौडेलले हस्ताक्षर गरे । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप