शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल इन्भेष्टमेण्ट बैंकको एकैसाथ चार शाखा विस्तार, सातै प्रदेशमा सेवा

बुधबार, २७ असार २०७५, १७ : ०२
बुधबार, २७ असार २०७५

 काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी चारवटा जिल्लामा थप शाखा विस्तार गरेको छ ।

ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले स्थानीय तह अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार नेपाल इन्भेष्टमेण्ट बैंक शाखा विस्तार गरेको हो ।

जुम्लाको हिमा गाउँपालिका स्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिका स्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तीनगरमा शाखा खोलेको हो ।

अब प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३५ वटा,  प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ११ वटा, प्रदेश नम्वर ६ मा ५ वटा र प्रदेश नम्वर ७ मा ५ वटा शाखा पुगेको छ । 

४५ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको नेपाल इन्भेष्टमेण्ट बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गरेको छ । 

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०१ वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप