शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश नं.५ः दुई विधेयक प्रमाणीकरण

बुधबार, २७ असार २०७५, १६ : ५१
बुधबार, २७ असार २०७५

बुटवल– प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुईवटा विधेयक प्रमाणीकरण भएको छ ।  प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ९प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५० र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७५ प्रमाणीकरण भएको सम्बन्धमा प्राप्त पत्र पढेर सुर्नाए । 

प्रदेशसभाको अठारौँ बैठकको विशेष समय, उन्नाइसौँ बैठकको शून्य समय र बीसौँ बैठकमा ध्यानाकर्षण भएको विषयवस्तुमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले सर्पदंशको जोखिम भएको क्षेत्रमा सर्पदंशको उपचारसम्बन्धी विशेष व्यवस्था भएको जानकारी दिँदै क्यान्सरपीडित महिलाको उपचार गर्न र मुक्त कम्लहरीको क्षमता विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको बताए । 

उनले पुरातात्विक कामसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान, संरक्षण र वर्गीकरण गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख गर्दै कञ्चन गाउँपालिकामा भएको किशोरीमाथिको घटनामा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । 

भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले भूमि व्यवस्थापनका लागि आयोग गठन हुने उल्लेख गर्दै भू–उपयोग नीति, बस्ती विकास नीतिको तर्जुमा हुन लागेको जानकारी दिए । 

बैठकमा सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समितिमा मनोनयन गरिएको सदस्यहरुको नामावलीवारे सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप