सार्वजनिक भयो मौद्रिक नीति, मुलुकको अर्थतन्त्र ३० खर्ब नाघ्यो
काठमाडौं– मुलुकको अर्थतन्त्र ३० खर्ब ७ अर्ब पुगेको छ । बुधबार राजधानीमा मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सो कुराको जानकारी दिएका हुन् । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर नेपालले बैंकहरुले एउटा संस्थाबाट १५ प्रतिशतसम्म मात्र निक्षेप संकलन गर्न पाउने नयाँ प्रावधान सुरु गरिएको जानकारी दिए । यसअघि बैंकहरुले २० प्रतिशतसम्म निक्षेप संकलन गर्न पाउने नियम थियो ।
त्यस्तै अब सबै बैंकले आगामी आर्थिक वर्षभित्र अनिवार्य रुपमा प्रादेशिक शाखा खोल्नुपर्ने नियम बनेको छ भने वाणिज्य बैंकहरुलाई एकअर्कामा गाभ्न राष्ट्र बैंकले प्रोत्साहन गर्ने नीति अघि सारेको छ । शेयर कर्जामा भने कडाई गरिने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर नेपालले शेयर मार्जिन लेन्डिङ कर्जा २५ प्रतिशतमा झारिएको बताएका छन् । यसअघि शेयर मार्जिन लेन्डिङ कर्जा ४० प्रतिशत थियो ।
गभर्नर नेपालले यो पटकको मौद्रिक नीति बजेटसँग तादाम्यता हुने गरी निर्माण गरिएको दाबी गरे । उनले पुनरकर्जा कोषको सीमा ३५ अर्ब पुर्याएको दाबी गर्दै ओभरड्राफ्टमा ७५ लाखबाट ५० लाखमा झारिएको दाबी गरे । यसअघि पुनरकर्जा कोषको सीमा २० अर्ब थियो । त्यस्तै, यो आर्थिक वर्षबाट उपभोक्ता मुद्रा स्फ्रिति ६.५ प्रतिशतमा राखिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए