शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कानून निर्माणलाई तीव्रता दिइएको छः मुख्यमन्त्री शंकर

बुधबार, २७ असार २०७५, १३ : १०
बुधबार, २७ असार २०७५

बुटवल– मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताएका छन् । 

बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग ९डिएफआइडी० का देशीय प्रमुख डा रुरिक मार्सदेनसंगको भेटमा उनले भने, ‘अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।’ 

मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गरे । 

डिएफआइडीका प्रमुख डा.मार्सदेनले सरकारका प्राथमिकताप्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप