बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रक चढेर काठमाडौं आइपुगे चीन जाने २ गैंडा (फोटोफिचर)

बुधबार, २७ असार २०७५, १२ : ३७
बुधबार, २७ असार २०७५

काठमाडौं– नेपालले चीनलाई उपहारस्वरुप दिन लागेको एक जोडी गैडालाई चितवनबाट मंगलबार काठमाडौं ल्याइएको छ । ना ५ ख ७९९८ र ना७ख १२७० नम्बरको दुई वटा ट्रकमा गैडालाई काठमाडौं ल्याएर सातदोबाटो स्थित राष्ट्रिय प्रकृति संरक्षण  कोषमा राखिएको छ । ती गैंडालाई बिहिबार विमानमा राखेर चीन पठाइनेछ  ।
नेपालले दुई वर्षअघि चीनलाई एकसिङे गैंडा उपहार दिने भनी गरेअनुसार पठाइन लागेको हो ।  दुई जोडी गैडा दिने  भनिएकोमा पहिलो चरणमा  भाले (भद्र) र पोथी (रुपसी) गैंडालाई चीन पठाउन लागिएको हो ।
अहिले गैंडालाई खानका लागि भुइँघाँस, फलफूल, सागसब्जी, विशेषखालको दूध र पानीको व्यवस्था गरिएको छ । विमानमा लैजानका लागि गैडा राख्ने विशेष बाकस बनाइएको छ । सो खोरमा सामान्य अवस्थामा उभ्याएरै गैंडा चीन लगिनेछ ।
नेपालबाट पशु चिकित्सक र रेखदेख गर्ने प्राविधिक गरी पाँचजना पनि गैंडा र्पुयाउन चीन जाँदैछन् । यी दुईओटा गैंडा गोन्जाओको चिडियाखानामा राखिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप