बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डको गुफाबाट उद्दार गरिएका फुटबल टीमलाई फिफा विश्वकप हेर्ने निम्तो

बिहीबार, २८ असार २०७५, ०८ : ००
बिहीबार, २८ असार २०७५

थाइल्याण्डको अन्धकार, बाढी पसेको र अत्यन्तै साँघुरो बाटो भएको गुफाभित्र फसेका १२ फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकलाई सुरक्षित बाहिर निकालेपछि उत्सवको माहौल छ ।

फुटबलका पारखी यी १३ जनालाई विश्वकपको फाइनल हेर्न निम्तो दिइएको छ ।

फिफाका वर्तमान अध्यक्ष इन्फ्यान्टिनोले थाइल्याण्डको फुटबल असोसिएनलाई एउटा पत्र लेखेका छन् जसमा उनले यी सबैलाई फिफा विश्वकपको फाइनल खेल हेर्न निम्तो दिएका छन् । उनले लेखेका छन्, ‘ आउँदा दिनमा यदि उनीहरुको आफ्नो परिवारसँग पुनर्मिलन भयो र उनीहरुको स्वास्थ्यले साथ दिए सन् २०१८ फिफा विश्वकपको फाइनल खेल हेर्नका लागि फिफा सहर्ष आमन्त्रण गर्न चाहन्छ ।’

‘अन्तिम खेल उहाँहरुले हामीसँगै खेल हेर्नुहुनेछ भन्ने आशा छ जुन पक्कै पनि एउटा सुन्दर पल हुनेछ ।’ उनले थपे ।

गुफामा रहँदा ती बालकहरुले विश्वकपबारे सोधिरहेको बताइएको छ । यद्यपी, द स्ट्रेट्स टाइम्सका अनुसार उनीहरु विश्वकपको निम्तो मान्न रुस जान नसक्ने बताइएको छ । डाक्टरका अनुसार उनीहरु स्वस्थ हुन थप समय लाग्नेछ । 

यद्यपी, उद्दार भएका सबैलाइए अहिले अस्पतालमा भर्ना गरिएको छ । परिवारका सदस्यले समेत भेट्न पाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप