बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मिर्मिरे र समता माइक्रोफाइनान्सको  ६ लाख ३९ हजार कित्ता हकप्रद बिक्रि खुला

बुधबार, २७ असार २०७५, ११ : ०९
बुधबार, २७ असार २०७५

काठमाडौं–मिर्मिरे माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्सको ६ लाख ३९ हजार ६ सय कित्ता हकप्रद सेयरको बिक्रि खुला भएको छ ।  
यी दुबै माइक्रो फाइनान्सको हकप्रद सेयरको बिक्रि आजबाट (असार २७)  खुला भएको हो । मिर्मिरेले शतप्रत्रिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ दरको ४ लाख ५० हजार कित्ता हकप्रदका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । यस हकप्रद सेयरका लागि एनआइबिएल एस क्यापिटल र यसका शाखा कार्यालयहरु, मिर्मिरे माइक्रोफाइनान्स, इनभेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, बिरगंज, नेपालगंज, नारायणगढ,बुटवल र धनगढीबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ । 
यस्तै समता माइक्रोफाइनान्सको पनि आजैबाट १ लाख ८९ हजार  ८ सय कित्ता हकप्रद सेयरको बिक्रि खुला भएको छ । यसको पनि साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्रि प्रबन्धकको शाखा कार्यालय (एनआइबिएल एस क्यापिटल), समता माइक्रोफाइनान्स र सि—आस्वामा सहभागी बैक तथा वित्तिय संस्थाबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप