केन्द्रीय संस्करण

० टु १०० : आर्सनलबाट निकालिँदा, प्रिमियर लिगमा १ सय गोल गर्दा

person access_timeअसार २७, २०७५ chat_bubble_outline0

ह्यारी केन 

जब हामी सानो हुन्छौँ, त्यतिबेला असफल हुँदा पनि रमाइलो लाग्छ । म त्यो दिन अझै पनि राम्रोसँग सम्झन्छु । हाम्रो घरपछाडि पार्र्क थियो जहाँ म सधैँ दाई र बुबासँग फटबल खेल्न जान्थेँ । न राम्रो मैदान थियो, न कहिल्यै गोल नै गर्थेँ । 

त्यहाँ दुईवटा रुखहरु थिए । मैदानमा केही घाँसहरु उम्रिएका थिए । हामी त्यतिमै खुसी थियौँ । म त्यतिबेला आर्सनलको युवा टोलीबाट खेल्थेँ । विपक्षीको लाइनभन्दा सधैं पछाडि हुन्थेँ । यो ठूलो अवसर थियो । 
म आठ वर्षको छँदा एकदिन आफ्ना बुबासँग यस पार्कमा हिँड्दै थिएँ । उनले भने, ‘मलाई तिमीसँग केही भन्नुछ ।’

मैले सोधेँ, ‘भन्नुस्, के हो ?’

उनको मेरो काँधमा आफ्नो पाखुरा राखे र भने, ‘ह्यारी, आर्सनलले तिमीलाई रिलिज गरेको छ ।’

म ठ्याक्कै सम्झन सक्दिंन मैले त्यतिबेला के सोचेँ । इमानदारीतापूर्वक भन्नुपर्दा मलाई ‘रिलिज’ अर्थ थाहा थिएन । 

त्यो कुरा बुझ्न म सानै थिएँ । तर मलाई सम्झना छ मेरो बुबाले कसरी त्यो कुरा मिठो तरिकाले सम्झाएका थिए । उनले न त आर्सनलको आलोचना गरे न मेरो नै । केवल यत्ति भने, ‘चिन्ता नगर ह्यारी । हामी अझै मिहिनेत गर्नेछौँ । तिम्रो लागि अर्को क्लब फेला पर्नेछौँ ।’

तब मैले बुझेँ – म क्लबबाट निकालिएको पो थिएँ । फर्केर हेर्दा, तपाईंलाई म त्यो घटनाले धेरै स्तब्ध थिएँ भन्ने लाग्छ होला । त्यसमाथि बुबाहरु जो आफ्नो छोरालाई जुनसकुै हालतमा व्यवसायीक फुटबलर बनाउन चाहन्छन्, उनीहरु त झन् दुःखित हुनुपर्ने हो । तर, मेरा बुबा प्रतिक्रियाविहीन जस्तै थिए । वास्तवमा उनी ममाथि दबाब सिर्जना गर्न चाहदैँन थिए । उनी सधैँ सकारात्मक रहन्थे । कुनै पनि परिस्थितिमा उनको प्रतिक्रिया एउटै रहन्थ्योँ, ‘ठीकै छ, अब यसैलाई स्वीकारेर अघि बढौँ ।’

र, त्यसदिन उनले त्यही गरे । 

आर्सनलबाट निकालिएपछि म फेरि आफ्नै स्थानीय टोलीमा फर्किएँ । केही समयपछि मलाई वाटफर्डको टोलीले अभ्यासका लागि बोलायो । यो सम्झँदा अहिले पनि रमाइलो लाग्छ, छोटो समयमै मैले वाटफर्डबाट टोट्टेनह्यामको युथ टोलीविरुद्ध खेले । त्यसपछि टोट्टेनह्यामको एकेडेमीले मलाई बोलायो । त्यो सेतो पोशाक मेरा लागि सधैँ सुहायो । 

मलाई सम्झना छ, टोट्टेनह्यामबाट मैले पहिलो पटक आर्सनलविरुद्ध खेलेको । यतिबेला ममा घमण्ड जागेको थियो । म केवल आठ वर्षको छँदा आर्सनलबाट निकालिएको थिएँ । जब आर्सनलसँग खेल हुन्थ्योँ, हरेक पटक सोच्थेँ, ‘ठीक छ, आज थाहा हुन्छ को सही छ र को गलत ?’

प्रिमियर लिगमा १ सय गोलको कोशेढुंगा पूरा गर्न पाएकोमा मलाई साँच्चै खुसी लाग्छ । जब टोट्टेनह्यामले मलाई (सन् २०११–०१३)  दुई वर्ष विभिन्न क्लबमा ऋणमा पठायो । त्यतिबेला म धेरैपटक आफैसँग प्रश्न गर्थे – ‘मैले प्रिमियर लिगमा एक गोल कहिले गर्न पाउँछु ?’

आज फर्केर हेर्दा यो मेरा लागि सबैभन्दा राम्रो कुरा थियो किनकी यसैले मलाई दौडिन सिकायो । यस्तो उर्जा मलाई त्यसअघि कहिल्यै प्राप्त भएको थिएन । 

प्रिमियर लिगमा १ सय गोलको कोशेढुंगा पूरा गर्न पाएकोमा मलाई साँच्चै खुसी लाग्छ । जब टोट्टेनह्यामले मलाई (सन् २०११–०१३)  दुई वर्ष विभिन्न क्लबमा ऋणमा पठायो । त्यतिबेला म धेरैपटक आफैसँग प्रश्न गर्थे – ‘मैले प्रिमियर लिगमा एक गोल कहिले गर्न पाउँछु ?’

तर, म त्यही वर्षहरुका महान् पाठहरु अझै पनि सम्झन्छु । सन् २०१२ मा म मिलवाल गएको थिएँ, हामी च्याम्पियनसीपमा (इङल्यान्डको दोस्रो डिभिजन) रेलिगेसनबाट जोगिनका लागि संघर्षमा थियौँ । त्यहाँका फ्यानहरु धैर्यता गर्न सक्दैनन् । उनीहरु अलि बढी नै उग्रवादी छन् । मेरो पहिलो खेलमा रेफ्रीले गलत निर्णय लिएका थिए । त्यसपछि फ्यानहरुले मैदानमा सबै कुराहरु फाल्न थाले । बोतल, खानेकुरा आदी आदी । ५ मिनेटका लागि खेल नै स्थगित गर्नुपर्यो । म यतिबबेला १८ वर्षको मात्रै थिएँ । त्यहाँको क्रेज देखेर छक परे, ‘वाह् ..’ यस्तै सोचिरहेको थिएँ । 

सिजन अघि बढ्दै गयो । हामी रेलिगेसन क्षेत्रमै थियौँ । साथीहरु भन्थें, ‘यदी हामी रेलिगेसनमा पर्यौँ भने हाम्रो आधा तलब घट्नेछ । यदी हार्यौँ भने हाम्रो सम्झौता सकिनेछ ।’

यी त्यस्ता खेलाडी थिए, जसका घरमा साना छोराछोरी थिए । मैले देखेँ उनीहरु ज्यान दिएर खेलिरहेका थिए । मैले के महसुस गर्न थालेँ भने केही व्यक्तिहरुका लागि खेल केवल खेलमात्रै होइन परिवार र आफ्नो दैनिकी चलाउने सहारा पनि थियो । त्यही भएर उनीहरु कडा मेहिनत गरेर खेल्छन् । फुटबल अचम्मको खेल हो, जहाँ तपाईंले कमाएको सबै चिज एकैपटक स्वाहा हुनसक्छ । मिलवालले मलाई बच्चा रहिरहन दिएन । यो मेरा लागि सिकाईको एउटा राम्रो समय थियो । मलाई लाग्दैन मैले मिलवालमा उत्कृष्ट खेल्नु संयोगमात्रै हो, यही पाठले मलाई राम्रो खेल्न प्रेरित गरेको थियो । अन्तिम १४ खेलमा मैले ७ गोल गरेँ । रेलिगेसनबाट हामी बच्यौँ । म मिलवालका फ्यानहरुको प्रिय भएँ । अहिले पनि उनीहरु मलाई उत्तिकै माया गर्छन् । 

ब्राडीले आफूमाथि विश्वास कहिल्यै हारेनन् । निरन्तर अभ्यास गरिरहे । अमेरिकी फुटबलमै समर्पित भएर खेले र आफूलाई सुधार्दै लगे । 

त्यसपछि म टोट्टेनह्याम फर्किए । मेरो आशा थियो अब क्लबका लागि राम्रो खेल्नेछु र सिजनभर यहीँ रहनेछु । मैले प्रिमियर लिगमा टोट्टेह्यामबाट पहिलो खेल पनि खेलेँ । तर, बिडम्बना ८६ औं मिनेटमा म मैदान छिरेको उक्त खेलमा न्युक्यासलसँग हामी २–१ ले पराजित भयौँ । त्यसपछि मलाई फेरि नर्विचमा ऋणमा पठाइयो । म घाइते भएँ । त्यो समय निकै कठिन थियो । फेरी टोट्टेनह्याम फर्किए र फेरि ऋणमा लेस्टर सिटीमा गएँ । 

सबैभन्दा खराब समय यहाँ नै थियो । मेरो प्रदर्शन यति कमजोर थियो कि मलाई टिममा स्थान बनाउन पनि मुस्किल हुन्थ्यो । यो समयसम्म क्लब प्रिमियर लिगमा बढुुवा भइसकेको थिएन । एकदिन मैले घरमा बसेर दिनभर सोचेँ, ‘म च्याम्पियनसीपमा लेस्टरका लागि खेल्न सक्दिँन भने टोट्टेनह्यामबाट प्रिमियर लिग कसरी खेल्न सक्छु ?’

मेरो करियरमा यो नै पहिलो समय थियो जतिबेला म दुविधामा थिएँ । झन्डै हरेश खाइसकेको थिएँ । मलाई भेट्न मेरो परिवार आयो । मैले फुटबल छाड्ने योजना सुनाएँ । बुबासँग केही समय वादविवाद नै चल्यो । मेरो बुबाले फेरि त्यही कुरा दोहोर्याए, ‘मेहिनत गर्दै गर । सबै राम्रो हुँदै जानेछ ।’

केही सातापछि घरमै युट्युबमा भिडियो हेर्दै थिएँ । झुुक्किएर टम ब्राडीको डकुमेन्ट्री हेर्न पुगेँ । नेशनल फुटबल लिगका (अमेरिकी फुटबलका) यी क्वाटरब्याक आफ्नो करियरको कठिन समयबाट गुज्रिएका हुन्छन् । यो फिल्मले मलाई निकै छोयो । टमलाई जीवनभर सबैले शंकाले हेरेका हुन्छन् । उनले राम्रो खेल्नेमा सधैं सबै दुविधा हुन्छन् । कलेजमा छँदा उनलाई अर्कै क्वाटरब्याकमार्फत प्रशिक्षकले रिप्लेस गर्न खोजेका हुन्छन् । तर उनी सधैँ उस्तै हँसिलो र जोशिलो हुन्छन् । यो फिल्मले मलाई म को हुँ भनेर सम्झायो । मलाई पनि यसरी नै मानिसहरुले सोच्थें । ‘उनी खासमा स्ट्राइकरजस्तो लाग्दैनन्,’ मानिसहरु भन्थें । 
यसले मलाई प्रेरित ग¥यो । ब्राडीले आफूमाथि विश्वास कहिल्यै हारेनन् । निरन्तर अभ्यास गरिरहे । अमेरिकी फुटबलमै समर्पित भएर खेले र आफूलाई सुधार्दै लगे । 

त्यसपछि मैले पनि कडा मेहिनत थालेँ । एकदिन हामी मिलवाल अर्थात् मेरै पूर्व टोली विरुद्ध खेल्नेवाला थियौँ । डिफेन्समा मेरै साथीहरु थिए । मलाई लाग्छ उनीहरु मलाई चेतावनी दिन चाहन्थें । थ्रो बल फाल्ने बेलामा उनले भने, ‘ओई ह्यारी ?’

मैले भने, ‘यस’

उनले सोधे, ‘मैले अहिलेसम्म कुनै पहेँलो कार्ड खाएको छैन भन्ने थाहा छ ?’

मैले भने, ‘हो ?’

मेरो आत्मविश्वास बढ्दै गयो । मैले सधैँ सोच्न थालेँ कि मसँग क्षमता छ तर मेरा लागि म आफै त्यसका लागि खडा हुन सक्नुपर्छ । मैले मेरो बाल्यबालको सपनालाई देखिरहेको थिएँ, त्यो मेरै सामुन्न थियो तर पनि मेरो पहुँचबाट टाढा .. ।  म कसैको प्रतिक्षामा थिए जसले मेरो हातमा त्यो सपना थमाइदियोस् । तर जीवनमा कहिल्यै पनि तिमीलाई तिम्रो सपना हातमा थमाइदिने छैन । तिमीले आफैं खोस्नुपर्छ । 

त्यसपछि उनको जवाफ आयो, ‘यो राम्रो भयो किनकी म एउटा कार्ड तिम्रा कारणले खानेछु ।’

उनी मलाई उक्सकाउन चाहन्थे, सिधा र स्पष्ट ढंगले । जब थ्रो बल आयो । हामी दुबैले हेडरका लागि जम्प गर्यौँ । त्यसक्रममा मैले दुर्घटनाबस उसलाई पकडे । उनी हाँस्दै ग्राउन्डमा ढले । उनी मलाई उक्साउन चाहन्थे । 

मैले उनलाई स्टेप ओभर गरेँ । अनि बल अगाडि बढाए । केही बोलिँन । मैले यो तरिकाले आफूलाई उनको सामु प्रमाणित गर्न खोजे, आफ्नैसामु प्रमाणित गर्न खोजेँ, सबैका अगाडि प्रमाणित गर्न खोजँे – म कसैको उक्साहटमा आउनेवाला छैन । 

यस सिजनपछि म टोट्टेनह्याम फिर्ता भएँ र प्रशिक्षक आन्दे्रस भिल्लास बोयससँग भेटे । उनले मलाई फेरि ऋणमा पठाउन चाहे । केही राम्रा क्लब पनि थिए जसले मलाई भित्र्याउन इच्छा देखाएका थिए । तर, त्यो मेरो सपना थिएन । मेरो सपना प्रिमियर लिग खेल्ने थियो । मेरो सपना प्रिमियर लिगमा टोट्टेनह्यामका लागि खेल्ने थियो । 

मैले उनलाई इमानदार भएर भने, ‘म जान चाहन्न ।’

मेरो मुखबाट शब्द निस्कदैं गर्दा डर पनि लागेको थियो, ‘म यो के भन्दैछु... ।’

उनले शंकाकोे दृष्टीले मलाई हेरे । 

त्यसपछि मैले सिधा उनीसँग भने, ‘म तपाईंलाई प्रमाणित गरेर देखाउँछु कि म यस टिमका लागि लायक छु र सकिँन भने हरेक शुक्रबार तपाईंले मलाई खेलअघि भन्न सक्नुहुन्छ – ‘तिमी यस टिमबाट खेल्न लायक छैनौँ र तिमी खेल्ने छैनौँ ।’ यो पनि सहने छु, तर म जान चाहन्न ।’

यस्तै भयो । उनले मलाई क्लबमै राखे र अभ्यासमा बोलाए । मेरो आत्मविश्वास बढ्दै गयो । मैले सधैँ सोच्न थालेँ कि मसँग क्षमता छ तर मेरा लागि म आफै त्यसका लागि खडा हुन सक्नुपर्छ । मैले मेरो बाल्यबालको सपनालाई देखिरहेको थिएँ, त्यो मेरै सामुन्न थियो तर पनि मेरो पहुँचबाट टाढा .. ।  म कसैको प्रतिक्षामा थिए जसले मेरो हातमा त्यो सपना थमाइदियोस् । 

तर जीवनमा कहिल्यै पनि तिमीलाई तिम्रो सपना हातमा थमाइदिने छैन । तिमीले आफैं खोस्नुपर्छ । 

म मिहिनेत त गरिरहेँको थिएँ । तर, खेल्न अझै पाइरहेको थिइनँ । म अभ्यासमा आगो हुन्थेँ । 

त्यो विन्टरमा प्रशिक्षक बोयस विदा भए र टिम सेरउडले जिम्मेवारी लिए । त्यसपछि मेरो भाग्य बदलियो । मैले खेल्ने मौका पाएँ ।  

मैले आफ्ना सुरुवाती तीन खेलमा तीन गोल गरेँ र यो साँच्चै अविश्वासिलो अनुभव थियो । विशेष गरी घरेलु मैदान ह्वाइट हार्ट लेनमा गोल गर्दाको मज्जा अझै भुल्न सकेको छैन । ह्वाइ हार्ट लेनमा हल सिटी विरुद्ध लिग कपको म्याचअन्तर्गत अतिरिक्त समयमा बराबरी गोल फर्काएपछि बल्ल मलाई मैले केही देखाउन सकेँजस्तो लाग्यो । यस सिजन मैले १० खेल खलेँ । 

अर्को, सिजन माउरिसियो पोचेटिन्हो आए । सबै परिवर्तन भयो । मेरा लागि मात्रै होइन, क्लबका लागि पनि । मेरो करियरमा माउरिसियोको जत्तिको ठूलो प्रभाव अरु कसैको छैन । यो किन भने उनले आफ्नो उत्कृष्ट प्रशिक्षण क्षमता मात्रै देखाएनन्, क्लबका सबै खेलाडीलाई एकताबद्ध बनाए । उनको आफ्नै करियर पनि उत्कृष्ट छ । तर, उनी यसबारे कहिल्यै कुरा गर्दैनन् । 

उनी खेलाडीलाई सधैँ सहयोग गर्न चाहन्छन् । चाहे उत्कृष्ट खेलाडी हुन् वा संघर्षरत खेलाडी । हो, यदी तिमी कडा मेहिनत गर्न चाहन्नौँ र अल्छी हुन्छौँ भने त्यतिबेला उनी रिसाउँछन् । यस्तो अवस्थामा तिम्रा लागि उनीसँग कुराकानी गर्ने ढोका बन्द हुनसक्छ वा तिमीले खेल्न नपाउन पनि सक्छौ । तर यदी तिमीले उनका लागि कडा मेहिनत गर्छौ र सम्मान गर्छौ भने उनले तिमीलाई सधैँ समय दिनेछन् । 

मेरा लागि फुटबलको अर्को सुखद सम्झना छ । मैले केही वर्षअघि ह्याट्रिक गरेको थिएँ । खेलपछि माउरिसियोले मलाई आफ्नो अफिस बोलाए । 

यतिबेलासम्म हामी धेरै नजिक भइसकेका थिएनौँ । उनले किन मलाई बोलाए भन्ने बुझ्न सकिरहेको थिइनँ । जब म अफिस पुगेँ, उनी त्यहाँ निकै खुुसी देखिन्थे । उनले मसँगै फोटो खिचाउन चाहे । हामीले फोटो खिच्यौँ । 

त्यो समय मलाई लाग्यो, यी व्यक्ति निकै विशेष छन् । उनी निकै असल मानिस छन् । म उनलाई प्रशिक्षकका रुपमा सम्मान गर्छु  तर फुटबल बाहिर उनी मेरा साथीजस्तै हुन् । 

उनको यस्तै व्यवहारका कारण हामी टोलीका खेलाडीहरु निकै नजिक छौैँ । निकै मिल्छौं र मलाई लाग्छ, आजको समयमा व्यवसायीक फुटबलमा यस्तो दुर्लभ हुन्छ । 

मेरा लागि अस्वीकार हुनु नै जीवनको सबैभन्दा राम्रो पक्ष रह्यो । जब म नर्थ लण्डन डर्बीका लागि २०१५ मा आफ्नो जुत्ताको तुना कस्दै थिएँ । मलाई ११ वर्षमा आर्सनल विरुद्ध खेल्दाको अनुभव याद आयो । यो डेजाभु जस्तै थियो । 

हरेक खेलअघि म सधैँ कसरी गोल गर्ने भन्ने विषयमा कल्पना गर्छु । बटम कर्नरमा लेफ्ट फुट कर्लर हान्ने हो वा डिबक्सको दाहिने कर्नरबाट दाहिने खुट्टाले भली हान्ने हो । म खेलअघि दृश्यहरुको कल्पना गर्छु । मलाई साँच्चै याद हुन्छ कसरी के गर्ने भनेर । म आफ्ना विपक्षी र मैदानलाई सम्झिएर कल्पना गर्छु । 

त्यो समय मैले रातो जर्सी लगाएका आर्सनलका डिफेन्डरहरुलाई छलाएको दृश्य देखेको थिएँ । मैले यो पनि सोचेँ, ‘ठीक छ । १२ वर्षपछि आज प्रमाणित गर्नेछु । को सही थियो र को गलत ?’

त्यसदिन मैले २ गोल गरे । ८६ औं मिनेटमा गरेको निर्णायक गोलको दृश्य चैँ खेलअघि कहिल्यै दिमागमा आएको थिएन । त्यो हेडर थियो । सम्भवत अहिलेसम्म मैले गरेको उत्कृष्ट हेडर । यस हेडरले जाली चुमेपछि मलाई निकै हतार भएको थियो, खेल कहिले सकिन्छ भनेर । खेलको अन्तिम सिट्ठी बजेपछि मैले मैदान वरपर ताली बजाउँदै समर्थकहरुलाई धन्यवाद दिए । 

यो आर्सनलका कारण मात्रै थिएन । त्योभन्दा ठूलो त माया जोडिएको थियो । यो ‘म पनि विशेष छु’ भनेर प्रमाणित गरेको दिन थियो । आफ्नो लागि र परिवारका लागि पनि  जसले मलाई सधैँ विश्वास ग¥यो, जीवनको हरेक पाइलामा – चाहे म मिलवालमा हुँदा, नर्विच वा लेस्टार सिटीमा हुँदा वा म दुविधामा हुँदा । 

प्रिमियर लिगमा १ सय गोल गरिसकेपछि मैले केही व्यक्तिलाई धन्यवाद भन्नैपर्ने समय आएको छ । मेरा बुबा जसले मलाई आर्सनलले निकालेको बेला पनि दुःखी हुन दिनुभएन र मेरो पूरै परिवार जसले लेस्टरमा हुँदाको कठिन समयमा पनि मलाई साथ दियो । 

मेरी आमा जसले मलाई घण्टौँसम्म गाडीमा राखेर यता लैजाने र उता पुर्याउने गर्नुभयो । मेरी मंगेतर केट, मेरो भाई चार्ली, मलाई बाल्यकालमा प्रशिक्षण गराउने प्रशिक्षकहरु तथा सहकर्मी साथीहरु । त्यस्ता धेरै साथीहरु छन् जसले म टोलीमा नपर्दा पनि मलाई आएर भन्ने गथ्र्ये, एकदिन तिम्रो समय पक्का आउनेछ ह्यारी । 

टम ब्राडी जसबाट प्रेरणा लिएर मैले गुमेको आत्मविश्वास फर्काए । धन्यवाद माउरिसियो पोचिटिन्हो जसले स्ट्राइकरका रुपमा मेरो क्षमतालाई बाहिर निकाल्नुभयो । 

र, सबैभन्दा धेरै धन्यवाद, टोट्टेनह्यामका फ्यानहरुलाई । मैले बच्चा छँदा नै टोट्टेनह्यामबाट खेल्ने सोचेको थिएँ । लामो समयसम्म मेरो प्रेरणा भनेकै आँखा चिम्लने र प्रिमियर लिगमा आर्सनल विरुद्ध गोल गरेको देख्ने थियो । केही अवसरमा अहिले त्यो कल्पना पूरा गरेको छु । तर, आज म फरक छु । आज म प्रिमियर लिगको ट्रफी जितेको कल्पना गर्छु । इङ्ग्ल्यान्डबाट विश्वकप जितेको कल्पना गर्छु । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ