शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकामा दूधमा अनुदान

बुधबार, २७ असार २०७५, १० : ४२
बुधबार, २७ असार २०७५

चितवन -भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ । 

महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । 

महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध बिक्री गरेका कृषकलाई अनुदान दिइएको हो । 

उनका अनुसार बजेट कम भएका कारण वर्षभरि दिन नसकिएको हो । कार्यालयले आह्वान गर्दा ५२ वटा सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीले निवेदन दर्ता गराएपछि उनीहरूले संकलन गरेको दूधको आधारमा उनीहरूकै खातामा रकम जम्मा गरिएको हो । 

कार्यालयले रु १६ लाख ७० हजार संस्थाको खातामा पठाएको छ । 

आउँदो वर्ष एक करोड ५० लाख लिटर दूध संकलन हुने अनुमान गरिएको छ । सो वापत अनुदान दिन ३५ लाख रुपैयाँ कार्यक्रममा राखिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप