शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारको आरोप लागेका मिथुनका छोराले हतारहतार गरे विवाह

बुधबार, २७ असार २०७५, १० : ०५
बुधबार, २७ असार २०७५

नायिकामाथि दुष्कर्मको आरोप लागेका मिथुन चक्रवर्तीका छोरा महाअक्षय (मिमोह) ले मंगलबार विवाह गरेका छन् ।

मिमोहकी वकिल प्रियंका कृपाशंकर दुबेले यसको पुष्टि गरेकी छिन् । यसबारे जानकारी दिँदै प्रियंका भन्छिन्, ‘विवाहको मिति सोमबार अबेर राती निर्धारण गरिएको हो । होटलमा विवाहको तयारी भइरहेको अवस्थामा शुभ काममा किन ढिलाई भन्ने धेरैले सोच्यौं । मंगलबार हिन्दु रिति रिवाजमा दुबैको विवाह भयो । यसअघि यी दुईले शनिबार अदालतमा गएर विवाह दर्ता गराएका थिए ।’

मिमोहले आफ्नो ट्वीटर अकाउन्टमा विवाहका तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘लेडिज एण्ड जेन्टलम्यान, चक्रबर्ती दम्पत्ती’ 

पीडितका वकिलले भने, ‘आत्महत्या गर्ने हो कि ?’:

दोस्रोतर्फ पीडितका वकिल निरज गुप्ताले मानिसहरु मंगलबार दिल्ली हाई कोर्टमा मिमोहले पाएको जमानतको निर्णयलाई चुनौती दिइरहेको जानकारी दिए ।

मिथुन चक्रवर्तीका छोरामाथि नायिकासँग दुष्कर्म र बिना सहमती गर्भपतन गराएको आरोप

निरजले भने, ‘मिमोहको परिवार शक्तिशाली छ । रोहिणी कोर्टले कुन आधारमा उनलाई जमानत दिए यो बुझ्न सकिन्न । अहिले त्यस मुद्दाको अनुसन्धान पनि भएको छैन र मिमोहलाई शनिबार बेलुका जमानत दिइएको छ । जबकी त्यही दिन उक्त केस बेगमपुर थानाबाट दिल्ली क्राइम ब्रान्चमा ट्रान्सफर भएको थियो ।’

निरज थप्छन्, ‘मिमोहले मेरी क्लान्टसँग गत वर्ष कुन्डली पनि बनाएकी थिइन् । अब यो सबै अचानक भइरहेको छ । ’

नायिकामाथि दुष्कर्मः पुलिस पुगेपछि मिथुनको छोराको विवाह रोकियोः दुलहीको परिवार होटल छोडेर गए

निरजले पिडित डिप्रेशनमा भएको र उनलाई परमार्श पनि दिइरहेको जानकारी दिएका छन् । उनले थपे, ‘स्थिती यस्तो छ कि मलाई उनले आत्महत्या गर्ने हो कि भन्ने डर लाग्छ ।’

७ जुलाईमा विवाहको दिन निश्चित गरिएको थियो ।

मिमोह र साउथकी नायिका मदालसा शर्माको विवाह जुलाई ७ तारिख शनिबार हुने निश्चित थियो ।

के थियो मामला ?

भोजपुरी फिल्मकी नायिकाले मिमोहविरुद्ध दुष्कर्म र गर्भपतन गराएको आरोप लगाएकी थिइन् ।

नायिका हुन् मिमोहकी श्रीमतीः

मिमोह अर्थात् महाअक्षय चक्रवर्तीले निर्देशक र निर्माता सुभाष शर्माकी छोरी र नायिका मदलसासँग विवाह गरेका छन् । मदलसाले सन् २००९ मा तेलुगु फिल्म ‘फिटिङ’ मार्फत डेब्यु गरेकी थिइन् । त्यसबाहेक उनले कन्नड फिल्म ‘शौर्य’ मा पनि काम गरेकी छिन् ।

मिमोहले सन् २००८ मा ‘जिम्मी’ मार्फत बलिउड डेब्यू गरेका थिए । पछि उनी द मर्डरर, हन्टेड, लूट, रकीजस्ता फिल्ममा देखिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप