बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार राना बचाऊ अभियान

बुधबार, २७ असार २०७५, ०८ : २५
बुधबार, २७ असार २०७५

बागलुङ - ‘ए–प्लाष्टिक एनेमिया’ रोगबाट ग्रसित यहाँका पत्रकार विजय रानाको उपचार सहयोगका लागि आर्थिक अभाव भएपछि उहाँका शुभेच्छुकले ‘पत्रकार विजय राना बचाउ अभियान’ थालेका छन् । काठमाडौँको सिभिल अस्पतालमा उपचाररत रानाको उपचारमा करीब रु १५ लाख खर्च लाग्ने जनाइएको छ । विभिन्न क्षेत्रबाट गरी हालसम्म रु पाँच लाख बढी रकम संकलन भएको छ । 

पत्रकार महासंघ बागलुङ शाखाले शुरु गरेको अभियानबाट रु दुई लाख उठेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । महासंघका कोषाध्यक्षसमेत रहनुभएका रानाको उपचार सहयोगार्थ शाखाले शुरुमा अभियान थालेको थियो । शाखामा रहेको पत्रकार कल्याणकारी कोषबाट समेत रु १० हजार सहयोग गरिएको अध्यक्ष शिरीषले बताए । प्रगतिशिल पत्रकार संघ, नेपाल विद्यार्थी संघलगायतका संस्थाले पनि सहयोग अभियान चलाएका छन् । 

हङ्कङ, जापान, बहराइनलगायतका देशमा पनि आर्थिक संकलन अभियान चलाइएको छ । हङ्कङमा हालसम्म रु एक लाख सहयोग उठेको अभियानकर्मी टीका रानाले जानकारी दिए । 

धेरै कम मानिसमा देखा पर्ने ‘ए–प्लाष्टिक एनेमिया’ ९शरीरले रगत उत्पादन नगर्ने० रोगको उपचारमा एक÷डेढ महिनाको समय लाग्ने जनाइएको छ । दुई साताअघि अस्पतालमा भर्ना भएका  रानाको समस्या एक महिनाअघि निदान भएको थियो । अस्पतालका रक्तरोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा विशेष पौडेलले रानाको उपचार गरिरहनुभएको छ । राना बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिकको कार्यकारी सम्पादक छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप