शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

बुधबार, २७ असार २०७५, ०२ : ०५
बुधबार, २७ असार २०७५

काठमाडौं– बेल्जियमलाई १–० हराउँदै फ्रान्स रसियामा जारी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार  सम्पन्न खेलको ५१ औं मिनेटमा फ्रान्सका सामुएल उमतितिले हानेको गोल नै निर्णायक बन्यो । उनले हेडमार्फत आकर्षक गोल गरेका थिए । 
५१ औं मिनेटमा सामुएलको गोल पछि डिफेन्स खेलेको फ्रान्सको पोस्टमा बेल्जियमका खेलाडीले एकपछि अर्को प्रहार गरेपनि गोल हुन सकेन । १–० गोलको हारसँगै बेल्जियम सेमिफाइनबाटै घर फर्किएको छ । 
फ्रान्सले अब इङ्ल्याण्ड र क्रोएशियाबीचको विजेतासँग फाइनल खेल्नेछ  ।  

 फ्रान्स  सन् १९९८ को विश्वविजेता पनि हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप