केन्द्रीय संस्करण

धन कमाउन विदेश पुगेका नेपालीले गाँस कटाएर दिए गाँउमा एम्बुलेन्स

person access_timeअसार २६, २०७५ chat_bubble_outline0

-बिष्णु कुमार आले 

अर्घाखाँची । अर्घाखाँचीबाट धन कमाउन कतार पुगेका नेपालीले गास कटाएर गाँउमा एम्बुलेन्स दिएपछि स्थानीय नागरिक खुसी भएका छन् । 

एम्बुलेन्स सेवाको पहुँच कम भैरहेका बेला अर्घाखाँची सेवा समाज कतारले जिल्लाको श्री शिद्धेश्वर आनन्द वृद्ध आश्रमलाई आज एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेपछि स्थानिय नागरिक खुसी भएका हुन् ।  

‘अर्घाखाँची बासी एक हौं, नेपाली समाजका लागि सहयोग गरौं’ भन्ने मुल नारासहित कतारमा रहेका अर्घाखाँचीवासीहरुको साझा संस्था अर्घाखाँची सेवा समाज, कतारको पूर्ण आर्थिक सहयोगमा जिल्लामा एम्बुलेन्स भित्रिएको हो । 

सन्धिखर्क नगरपालिका–१ अन्तर्गत शान्ती बगैंचाको १ सय ८ पञ्चाङ्ग मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स  हस्तान्तरण गरिएको हो । 

एम्बुलेन्स सेवाबाट जिल्लाको सन्धिखर्क नगरपालिकाका दुर्गम क्षेत्रका नागरिक लाभान्वित भएका छन् । 

अर्घाखाँचीबाट कतारमा धन कमाउन पुगेका नेपालीले सहय‍ोग संकलन गरि करिब १२ लाखको लागतमा एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरिएको जनाईएको छ ।

कार्यक्रममा कतारबाट फर्कि हाल स्वदेशमै विभिन्न पेशामा  काम  गर्दै आएका जिल्लाबासी, समाजसेवी, बुद्धिजीवी एवं पूर्व कार्यसमिति सदस्य तथा साधारण सदस्यहरु, वर्तमान कार्यसमिति पदाधिकारीहरु, सञ्चारकर्मी तथा  नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ