शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु

मङ्गलबार, २६ असार २०७५, २१ : ३३
मङ्गलबार, २६ असार २०७५

नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणीमा आज ट्र्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । 

बिनयी त्रिवेणी गाउँपालिका–६ शिवपुरगढीबाट त्रिवेणी आउँदै गरेको लु३त १०७४ नंको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीयवासी ४४ वर्षीय भेदबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृृत्यु भएका थापाको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक हरिद्वार धोबीले जानकारी दिए । 

ठक्कर दिने ट्र्याक्टर र त्यसका चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप