११ एआइजी बढुवामा भण्डारी पहिलो नम्बरमा, जयबहादुर परे नवराज छुटे (सूचिसहित)
शनिबार, ३१ असार २०७४, १५ : ४०
काठमाडौं– नेपाल प्रहरीको एआईजी पदमा डीआईजी जयबहादुर चन्दसहित ११ जना बढुवा सिफारिश भएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिश गरेको हो ।
सिफारिशमा यसअघि आईजीको दाबी गर्दै सर्वोच्च पुगेका नवराज सिलवाल भने छुटेका छन् ।
यो बढुवामा भावी आईजीपीको लागि मुख्य दावेदार मानिने बमबहादुर भण्डारी पहिलो नम्बरमा रहेका छन् ।
यसअघि सरकारले आईजीपीमा सिफारिश गरेको तर सर्वोच्चले रोकेका जयबहादुर चन्द दोस्रो नम्बरमा रहेका छन् ।