शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश–५ मा एक वर्षको तथ्याङकः ‘दुर्घटनामा ४ सयको मृत्यु , २ सय महिला बलात्कृत’

मङ्गलबार, २६ असार २०७५, १९ : ५४
मङ्गलबार, २६ असार २०७५

बुटवल– गत साउनदेखि असार मसान्तसम्म ५ नम्बर प्रदेशभित्र  सवारी दुर्घटनामा ४ सयभन्दा बढी मानिसहरुको मृत्यु भएको र दुईसय भन्दा बढि महिला बलात्कारको शिकार बन्नुपरेको डर लाग्दो तथ्याङ्ग  प्राप्त भएको छ । ५ नम्वर प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरको तथ्याङ्गअनुसार गत एकवर्षमा २ सय ४५ जना महिला बलात्कार भएको मुद्धा दर्ता भएका छन् । यस आर्थिक वर्षमा प्रदेश–५ को गुल्मीमा आफ्नै दाजुबाट बलात्कृत भएको मुद्धा अदालतमा एक किशोरीले दर्ता गरेकी छन् । प्रदेश प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक भुवनेश्र तिवारीले प्रहरीको सक्रियता बढेसँगै बलात्कार लगायत सबै खाले मुद्धाको संख्या यस प्रदेशमा बढ्दै गएको बताए  । 

तिवारीले  दिएको  विवरण अनुसार प्रदेशका १२ वटा जिल्लामा गत आर्थिक वर्षको साउनदेखि  असार २६ गतेसम्म प्रहरीमा कुल ५ हजार ६ सय ९७ थान मुद्धा परेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा  ३.८६ प्रतिशतले मुद्धा संख्यामा बृद्धि भएको तिवारीको भनाई छ । त्यस मध्ये १३ सय १० सार्वाजानिक अपराधका मुद्धा दर्ता भएका छन् । २ सय ५९ चोरी मुद्धा परेका छन् ।

हातहतियार खरखजना मुद्धा ५२ वटा परेका छन् । मानव वेचविखन मुद्धा ८५ वटा परेका छन् । डाँका मुद्धा ६ वटा परेका छन् । त्यस्तै कर्तव्य ज्यानबाट १  सय ४ जनाको ज्यान गएको छ । लागू औषधसम्बन्धी ६ सय थान मुद्धा परेको छ ।  फागुनसम्म तथ्याङ्कमा समावेस गरिएको विवरणअनुसार ३ सय ३९ वटा सवारी साधन दुर्घना भएका छन् ।

त्यसयता समावेस नभएका करिव डेढसय दुर्घटना भएका छन् । ती सवै जोड्दा चार सय भन्दा बढीको मृत्यु र त्यो भन्दा बढि सख्यामा घाईते भएको डिएसपी तिवारीले बताए । उनका अनुसार गत एक महिनाको अन्तरालमा १ सय ४३  वटा सवारी दुर्घटना भएका छन् । त्यसमा  १३ जनाको ज्यान गएको छ भने २ सय ५७ जना घाईते भएका छन ।

अपराध तथा शारीरिक वन्धक मुद्धा १५ वटा परेका छन् । विष्फोटक पदार्थ सम्बन्धि मुद्धा ८ वटा परेका छन् । आत्महत्याको संख्या २.४ प्रतिशतले बृद्धि भएको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा १ हजार २३ जनाले आत्महत्या गरेका छन् । कर्तव्य ज्यान मुद्धा भने ९.८९ प्रतिशत कम देखिएको छ । लागू औषध मुद्धामा ५.१४ प्रतिशत कमी आएको प्रहरीको दाबी छ  । आर्थिक अपराधका घटना बढेका छन् ।  प्रदेश भित्रको प्रहरी गतिविधीबारे प्रतिक्रिया दिँदै प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक शेरवहादुर बस्नेतले अपराधिक गतिविधि कम गराउन प्रहरीले थप सक्रियता बढाउने बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप