शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देव विकास बैंकले वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने समझदारी

मङ्गलबार, २६ असार २०७५, १९ : ५१
मङ्गलबार, २६ असार २०७५

काठमाडौं । देव विकास बैंक लिमिटेडले वेस्टर्न डेभलपमेण्ट बैंक लिमिटेड प्राप्ति (एक्यूजिशन) गर्ने सम्बन्धमा दुई संस्थाबीच समझदारी भएको छ ।

समझदारी पत्रमा देव विकास बैकको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्ण लाल बज्राचार्य र वेस्टर्न डेभलपमेण्ट बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष ओम भक्त बुढाथोकीबीच हस्ताक्षर भएको छ ।

देशमा भइरहेको विकासका गतिविधीसँगै बढ्दै गइरहेको आर्थिक गतिविधीहरुलाई समेट्न बैंकलाई सवल तथा सक्षम वित्तीय संस्थाका रुपमा स्थापित गरी पूँजीको आधारलाई बलियो बनाएर व्यवसाय एवं व्यवसायिक क्षेत्रको विस्तार गर्न यो समझदारी भएको बैंकले जनाएको छ ।

समझदारी बमोजिम प्राप्ति पछि संस्थाको नाम देव विकास बैक नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देव विकास बैंककै रहने समझदारी भएको छ । साथै, विगतमा भएका समझदारी बमोजिम सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको छ । 

उक्त दुवै सस्थाहरुको प्राप्ति पछि यस बैंकको चुक्ता पूँजी ३ अर्बभन्दा बढी हुनेछ भने नेपालको मध्य पश्चिम तथा मध्य तराई क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ७४ वटा शाखा सञ्जाल पुग्नेछ ।

यसै गरी बैंकले अन्य संस्थाहरु प्राप्त÷मर्जर गर्ने योजना सहितको कार्यलाई निरन्तरता प्रदान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप