मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्यान्डको गुफामा फसेका सबैको सकुशल उद्दार, यसरी गरियो उद्दार (भिडियो)

मङ्गलबार, २६ असार २०७५, १९ : ००
मङ्गलबार, २६ असार २०७५

एजेन्सी– १८ दिनदेखि बाढीग्रस्त गुफामा फसेका युवा थाई फुटबल टिमका थप ४ जनाको आज उद्धार भएको छ । गुफामा उद्दार गर्न बाँकी रहेका एक कोचसहित ४ जनालाई मंगलबार बाहिर निकालिएको हो । यो उद्दारसहित गुफामा फसेका तेह्रै जनाको सकुशल उद्दार भएको छ ।

थाई मिडियाका अनुसार सो फुटबल टिम २३ जुनमा सो गुफामा छिरेको थियो । त्यसलगत्तै परेको अविरल वर्षाका कारण गुफाको मुख्यद्वार पानीले पुरिएपछि उनीहरुको उद्धारमा कठिनाई भएको थियो ।

थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक  र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा पुगेको थाई मिडियाहरुको दाबी छ । उनीहरुको उद्धारका लागि थाई सेनाको टोलीसहित अन्तर्राष्ट्रिय गोताखोरहरुको प्रयोग गरिएको थियो । गुफाबाट उद्दार गरिएका १३ जना सकुशल रहेको थाई सरकारले जानकारी दिएको छ ।

आइतबारदेखि उद्दारमा कार्य सुरु भएको थियो । उद्दार सुरु भएकै दिन ४ बालकलाई बाहिर निकालिएको थियो भने सोमबार ५ जना बाहिर निकालिएका थिए । त्यस्तै आज ३ बालकसहित फुटबल कोचको उद्दार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप