शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको ७९ औं शाखा काठमाण्डौंको कोटेश्वरमा

मङ्गलबार, २६ असार २०७५, १८ : ३६
मङ्गलबार, २६ असार २०७५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं.३२ कोटेश्वरमा शाखा कार्यालय विस्तार गरेको छ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको बैंक शाखाको वरिष्ठ इतिहासविद् तथा लेखक डा.सत्यमोहन जोशीले उद्घाटन गरे ।

कार्यक्रममा डा. जोशीले नेपाल जस्तो विकासोन्मुख देशमा रहेर पनि मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दे सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

साथै, जोशीले बचत खाता खोली औपचारीक रुपमा कारोबार समेत शुभारम्भ गरे । कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको शुभकामना व्यक्त गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । उनले बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप