बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा सर्पदंशबाट एक जनाको मृत्यु

मङ्गलबार, २६ असार २०७५, १८ : ००
मङ्गलबार, २६ असार २०७५

सिरहा–सिरहाको गोलबजारमा सर्पदंशबाट मंगलबजार एक जनाको मृत्यु भएको छ । सर्पदंशकाट सिकिस्त विरामी परेका सिरहाको गोलबजार ८ चोहर्वा भाइजीटोका ५५ वर्षीय देवलाल उराउको उपचार गराउन धरान लाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिए ।

घरमै राती खाना खाएर सुत्न जाने बेलामा उनलाई गोमन सर्प (कोवरा)ले डसेको थियो । जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लग्दैगर्दा बाटोमै मृत्यु भएको जनाएको छ । 

यसैवीच सिराहाको बिष्णुपुर गाँउपालिका २ गढियामा मंगलबार नालीमा डुबेर  एक नाबालिकाको मृत्यु भएको छ ।  गढिया निवासी अनिल साहको १२ महिने छोरी आकृति साह आफ्नै घर नजिक रहेको नालीको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप