शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्धारको तेस्रो दिन थाईल्याण्डको गुफाबाट ११ औं बालक निकालिए

मङ्गलबार, २६ असार २०७५, १७ : ५५
मङ्गलबार, २६ असार २०७५

एजेन्सी– १८ दिनदेखि बाढीग्रस्त गुफामा फसेका युवा थाई फुटबल टिमका थप तीन जनाको आज उद्धार भएको छ ।  अब गुफामा एक बालक र कोच बाँकी रहेका छन् ।  ‘वाइल्ड बोअर’ नामक फुटबल क्लबका सदस्य रहेका यी बालकहरुको नातेदारका अनुसार नवौं बालक स्थानीय समय अनुसार साँझ ४ बजे निकालिएको थियो र त्यसको पन्ध्र मिनेटमा अर्को बालक निकालिए । 

थाई मिडियाका अनुसार एघारौं नम्बरमा निकालिएका बालक टिमका सबैभन्दा कान्छा सदस्य ११ वर्षे चनिन वीबून्रनग्रुयाङ्ग छन् । उनलाई साथीहरु टाइटन भनेर बोलाउँथे । अब गुफामा एक फुटबल खेलाडीको अतिरिक्त २५ वर्षे कोच र थाई सिलका तीन सदस्य बाँकी रहेका छन् । यी थाई नेभी सिल सदस्य जुलाई २ मा बच्चाहरु गुफामा भेटिएदेखि उनीहरुको साथमा रहेका छन् ।

यस उद्धार कार्यको नेतृत्व गरिरहेका नरोङ्सक आसोट्टनकोर्नले अन्तिम अप्रेशन अझै खतरनाक हुन सक्ने बताए । उद्धारकर्ताहरुको अघिल्लो दुई अप्रेशनबाट अनुवभ बढेको जस्तो देखिएको छ । आजको उद्धार हिजोको भन्दा दुई घण्टा छिट्टो भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप