शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाश विकास बैंकद्धारा शैक्षिक सामग्री वितरण

मङ्गलबार, २६ असार २०७५, १७ : ३८
मङ्गलबार, २६ असार २०७५

पोखरा । कैलाश विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका २१ दम्सादीमा अवस्थित बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु हस्ताणतरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत बैंकले अति विपन्न वर्ग तथा न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु हस्ताणतरण गरेको हो ।

महानगरपालिका भित्र रहेर पनि भौगोलिक हिसाबले र राज्यको आंखाबाट टाढा हुन पुगेको उक्त विद्यालयमा अध्ययन गर्ने करिब ४२ छात्र छात्राहरुलाई दैनिक पठन–पाठनमा अति आवश्यकीय शैक्षिक सामाग्रीहरु स्कुल व्याग, कपी, पेन्सिल, कटर, इलेजर, कलर पेन्सिल, आर्ट कपी तथा केहि दिनका लागि पूग्ने खाजाको रुपमा उपभोग गर्न मिल्ने खाद्यान्न समेत वितरण गरिएको कार्यक्रम संयोजक अम्बिका शर्माले जानकारी दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप