बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अप्रेशन थिएटरभित्र यसरी हुन्छ बच्चाको जन्म, यी हुन् लाइभ तस्बिर

शनिबार, ३१ असार २०७४, १५ : २२
शनिबार, ३१ असार २०७४

अमेरिकाको कोलोराडोको राजधानी डेन्भरमा बस्ने मोनोट निकोल बर्थ फोटोग्राफीका लागि चर्चित छिन् । तर उनी  नेचुरल बर्थको साटो सर्जरीमार्फत जन्मिएका बच्चाको तस्बिर खिच्न मन पराउँछिन् । निकोलले आफ्नी एक ग्राहकको डेलिभरीको लाइभ तस्बिर अपरेशन थिएटरमा खिचिन् ।

निकोलका अनुसार सिजेरियन डेलिभरीको क्रममा आमालाई बेहोस गरिन्छ । जसका कारण उनीहरुले आफ्नो बच्चा जन्मिएको देख्न सक्दैनन् । यस्तो अवस्थामा उनले खिचेका तस्बिर नै उनका ग्राहकका लागि त्यो क्षणलाई अनुभव गर्ने एकमात्र तरिका हुन्छ । केही दिन अघि निकोलसँग ब्री नामकी एक गर्भवती महिलाको डेलिभरी फोटोसुट गर्ने आग्रह आयो । ब्री अस्पतालमा नै काम गर्ने भएकाले उनले निकै सजिलै अपरेशन थिएटरमा प्रवेश पाइन् । निकाललले शल्यक्रियामार्फत् बच्चाको लाइभ जन्म आफ्नो क्यामरामा कैद गरिन् । उनले शल्यक्रियाको तयारीदेखि बच्चाको जन्मपछिका सबै रमाइला पललाई आफ्नो वेबसाइटमा सेयर गरेकी छिन् । यी तस्बिरलाई निकै रुचाइएको छ ।

शल्यक्रियाका लागि तयार ब्री

बर्थ टीमसँग अप्रेशन थिएटरमा जाँदै गरेकी ब्री

ब्रीको स्पाइनल कर्डमा एनेस्थिसिया लगाउँदै डाक्टर

शल्यक्रिया सुरु भइसकेको अवस्था

बच्चाको पहिलो झलक

बच्चालाई भेट्न आतुर ब्री

बच्चालाई उनका बुवाले बोकेको तस्बिर

आमासँग बच्चाको पहिलो भेट

तनावका बिच ब्रीले स्वस्थ बच्चालाई जन्म दिइन्

बच्चासँग जोडीको फोटो

यो तस्बिरको सुन्दरता शब्दमा वर्णन गर्न सकिँदैन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप