केन्द्रीय संस्करण

कतार एयरवेजद्वारा फिफा ब्राण्डको विशेष एयरक्राफ्ट प्रस्तुत

person access_timeअसार २६, २०७५ chat_bubble_outline0

दोहा । फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन्सको रुपमा रहेको कतार एयरवेजले बोइङ ७७७ विमान तयार गरेको छ । रुसमा जारी २०१८ फिफा विश्वकप मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्ड स्वरुप एक बोइङ ७७७ विमान तयार गरेको हो ।

फिफाको विशिष्ट ब्राण्डिङ सहित विशेष रुपमा निर्मित सो विमान आयरल्याण्डमा हस्त चित्रित गरी दोहा पुर्याइएको थियो । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने “यस अद्वितीय विमान मस्को पुर्याउँदै हाम्रा यात्रुवर्गको फुटबल प्रतिको प्रेमलाई सम्मान गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।

फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन्सको रुपमा हामी विश्वभरका फुटबल प्रेमीहरुलाई रुसमा एकिकृत गरी विश्वकपको अद्भूत अनुभव प्राप्तिमा सहयोग गर्न पाएकोमा निकै गर्व गर्दछौँ  । यस सुन्दर विमानले हाम्रो फिफासँगको महत्वपूर्ण सहकार्य प्रतिको प्रतिबद्धता तथा रुसमा उपस्थित संसारभरका लाखौँ फुटबल प्रेमीहरु प्रतिको निष्ठा थप बलियो बनाउने छ ।”

कतार एयरवेजले हालै टेलिन, एस्टोनिया, भ्याल्लेट्टा, माल्टा, सेबु र डभाओ, फिलिपिन्स, लाङ्कावी, मलेसिया तथा डा नाङ, भियत्नाम, जस्ता नयाँ गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने घोषणा पनि गरेको हो । कतारको राष्ट्रिय वाहक कतार एयरवेजले १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै आएको छ ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ