बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेको विद्यालयलाई वृज सिमेन्टको सहयोग

मङ्गलबार, २६ असार २०७५, १७ : २०
मङ्गलबार, २६ असार २०७५

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि.ले बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठद्धारा विद्यालय लाई पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्टद्धारा प्रायोजन गरिएको फुटबल सामाग्री हस्तान्तरण गरिएको हो ।

नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक बर्षदेखि आवद्ध छन् । विद्यार्थीहरुलाई केवल पठनपाठनमा मात्र सिमित नराखी आजको प्रतिस्पर्धात्मक युगमा अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराउनु खेलकुद सामाग्री हस्तान्तरण गरिएको वृज सिमेन्टले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक पुकार कर्णजितले वृज सिमेन्टले फुटवल सामाग्री प्रदान गर बालबालिकाको अतिरित्त क्रियाकलापमा हातेमालो गरेकोमा धन्यवाद दिए । 

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले वृज सिमेन्टले सार्वजनिक बिद्यालयमा प्रदान गरेका खेलकुद सामाग्रीले सिंगो बिद्यालय तथा स्थानियलाई हौसला मिलेको र बालबालिकाको अतिरिक्त कृयाकलापमा यसले ठुलो टेवा पुरयाएको बताए ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पी.पी.सी.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पी.सी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पी.एस.सी.) सिमेन्ट उत्पादन गरि विक्री वितरणगर्दैै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप