शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिवान आक्रमणमा परी ४ प्रहरी र १० सर्वसाधारणको मृत्यु

मङ्गलबार, २६ असार २०७५, १७ : १८
मङ्गलबार, २६ असार २०७५

एजेन्सी– अफगानिस्तानको पूर्वीप्रान्त गजनीको खोगीआनी जिल्लामा तालिबानको आक्रमणमा परी कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको छ । 

बिहीबार भएको यस आक्रमणमा परी जिल्लाका प्रहरी प्रमुखसहित चार अधिकारीको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीले सो जानकारी दिएका छन् । 

अफगानिस्तानमा सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको जिम्मा सबै अफगान सुरक्षाबलको काँधमा आएको छ । पछिल्लो समयमा अफगान सुरक्षाबलको हताहत सङख्या बढेको छ । 

सन् २०१४ को डिसेम्बरबाट नेटोआवद्ध र अमेरिकी सेनाले अफगान युद्ध समाप्त भएको घोषणा गर्दै प्रायःसबै सेना त्यहाँबाट फर्किएका थिए । 

थोरै सङ्ख्यामा त्यहाँ बाँकी रहेका नेटोआवद्ध र अमेरिकी सेनाले पनि आतङ्ककारीले जारी राखेको द्वन्द्वमा युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गरे । 

यद्यपी अफगानिस्तानमा बाँकी रहेका केही सेना अफगान सुरक्षाबललाई तालिम र सरसल्लाह दिने कार्य सम्लग्न रहेका छन् । 

त्यसैगरी अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबादमा अफगान सुरक्षाबलको सवारी सधानलक्षित एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० व्यक्तिकोे मृत्यु भएको छ । 

सो आक्रमणमा मारिएका व्यक्तिमा प्रायःसर्वसाधारण रहेको अधिकारीले जानकारी दिएका छन् । यसलाई अफगानिस्तानमा भएका पछिल्लो भीषण आक्रमणको रुपमा लिइएको छ । 

मारिएका आठ व्यक्ति सर्वसाधारण नै भएको पनि अधिकारीले जनाएका छन् । नान्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा तालिबान आतङ्ककारी समूहले बारम्बार आक्रमण गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप