शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलयातका अर्का मन्त्रीद्वारा पनि राजीनामा

मङ्गलबार, २६ असार २०७५, १७ : १५
मङ्गलबार, २६ असार २०७५

एजेन्सी– बेलायतमा यहाँका दुई जना शक्तिशाली मन्त्रीले सोमबार राजिनामा गरेका छन् । 

प्रधानमन्त्री थेरेसा मेको मन्त्रिमण्डलका दुई मन्त्रीको राजीनामापछि उनले तत्कालका लागि राजनीतिक चुनौतीको सामना गर्नुपर्ने देखिएको राजनीतिक विश्लेषकको भनाइ छ । 

युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले सोमबार मध्यान्ह आफ्नो पदबाट राजीनामा दिएका थिए । 

सोमबारै केही समयको अन्तरालमा विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएपछि प्रधानमन्त्री मेका सामु चुनौती तेर्सिएको विश्लेषण गर्न थालिएको छ । 

बेलायतले युरोपेली संघ (इयु) छोडेपछि पनि उनीहरूसँग निकट व्यापार सम्बन्ध राख्ने मेको योजनासँग मतभेतको कारण ती मन्त्रीले राजीनामा दिनुभएको बताइएको छ । 

डेभिसको राजीनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान भइरहेको अवस्थामा पुनःजोनसनको पनि राजीनामाले प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठ्यारोमा पर्न सक्ने विश्लेषकको भनाइ रहेको छ । 

जोनसनले राजीनामा गरेपछि उनको ठाउँमा स्वास्थ्यमन्त्री जेरेमी हन्टलाई नियुक्ति गरिएको छ । सोमबार अकस्मात बेलायतमा यसरी राजनीतिक परिवर्तन भएको हो । 

बेलायतले सन् २०१९ को मार्चमा युरोपेली संघबाट बाहिरिँदै छ । तर दुवै पक्षले त्यसपछि व्यापारबारे के गर्ने भन्ने विषयमा सहमति जनाउन बाँकी नै रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप