शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकहरुले भेट्टाए विश्वको सबैभन्दा पुरानो जैविक रङ

मङ्गलबार, २६ असार २०७५, १७ : ०१
मङ्गलबार, २६ असार २०७५

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले साहारा मरुभुमिमा विश्वको सबैभन्दा पुरानो जैविक रङ्ग पत्ता लगाएका छन् । यस खोजले पृथ्वीमा जटिल जीवन किन ढिलो गरी मात्र विकास भयो भन्ने व्याख्या गर्न पनि सघाउने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

गुलाबी रङ्गको यी कणहरु १.१ अर्ब वर्ष पहिले एक साधारण सुक्ष्मदर्शक जीव सायनोब्याक्टेरियाले उत्पादन गरेको थियो । 

हाल पत्ता लागेको यी कणहरु यस अघिको सबैभन्दा पुरानो रङ्गभन्दा ५० करोड वर्ष पुरानो हो । 

यो नमूना डाइनोसरको प्रजाती पृथ्वीमा हिडेको समयभन्दा १५ गुणा पुरानो रहेको देखाएको छ । पृथ्वी आफैमा ४.५ अर्ब वर्ष पुरानो हो । 

अनुसन्धानदाताहरुले पछिल्लो खोजले पृथ्वीमा जटिल वनस्पती र जीव किन ६० करोड वर्ष पहिले आएको कुरालाई व्याख्या गर्ने देखाएको छ ।

अघिल्ला अध्ययनहरुले वातावरणमा न्यून मात्रामा अक्सिजनको उपस्थीतिले जटिल जीवन प्रक्रियाको उद्विकास हुन नसकेको मानिन्थ्यो । 

तर यति पुरानो समयको सायनोब्याक्टेरियाको आविष्कारले यी सुक्ष्मदर्शक जीवले अल्गीजस्तो समृद्ध खाना आफैले सखाप पार्ने भएकाले बाँकी जीवलाई खाना नपुग्ने कारण देखिएको छ ।

“सुक्ष्मदर्शक भए पनि अल्गि आयातनको हिसाबमा साइनोव्याक्टेरियाभन्दा हजारौं गुणा ठूलो हुन्छ । साथै यो निक्कै सम्बृद्ध खानाको स्रोत हो ,” अध्ययनका एक सदस्य ब्रुकले भने ।
“सायनोब्याक्टेरियाको सागर लगभग ६५ करोड वर्ष पहिले हराउन थाल्यो । यसपछि नै जटिल पर्यावरणको उद्विकासको गर्ने सक्ने आवश्यक उर्जा प्रदान गर्ने गरि अल्गिहरु फैलिन थाले । यसपछिनै पृथ्वीमा मानव र अन्य ठूलो जनावर विकास हुने वातावरण तयार भयो ।”

पश्चिम अफ्रिकामा तेल खनिरहेको एक कम्पनीले उक्त स्थानबाट प्राप्त भएको चट्टान विश्लेषणको लागि वैज्ञानिकहरुलाई पठाएपछि यो नमुना हात पारेको थियो । 

यी रङ्गका कणहरु क्लोरोफिलको अबशेष मानिएको छ । क्लोरोफिल विरुवालाई प्रकासलाई उर्जामा बदल्न सहयोग गर्ने रसायन हो ।

अनुसन्धानकर्ताहरुले हाल गुलाबी रङ्गका यी कणहरु प्रारम्भमा नीलो–हरियो हुन सक्ने बताएका छन् ।

यस खोज मंगलबार जर्नल प्रोसेडिङ्ग अफ नेशनल एकाडेमी अफ साइन्समा प्रकाशित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप