१३ हजार पारिश्रमिक प्रति चार ट्रेड युनियनको आपत्ति
काठमाडौ– चारवटा ट्रेड युनियनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सार्वजानिक गरेको मजदुरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५०।रुपैयाँ र दैनिक ज्याला रु.५१७।– रुपैयाँ निर्धारण गरेको प्रति आपत्ति जनाएका छन् ।
मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका अध्यक्ष अमर झाक्री, क्रान्तिकारी टे«ड युनियन महासंघका अध्यक्ष राजन तिमल्सिना, नेपाल प्रगतिशिल स्वतन्त्र टे«ड युनियन महासंघका अध्यक्ष केदार गिरी र क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष राजन तिमल्सिनाले
उनीहरुले कम्युनिष्ट नामधारी पुँजीवादी सरकारले गठन गरेको सो समितिमा सरकारपक्षीय सिण्डीकेटधारी पुँजीपतिका कठ्पुतली टे«ड युनियनहरुको मात्र प्रतिनिधित्व र प्रभावमा परी अन्य श्रमिकपक्षीय टे«ड युनियनको प्रतिनिधित्व नगराई गरिएको निर्णय श्रमिक विरोधी रहेको दावी गरेका छन् ।
‘सरकारले दलाल पुँजीपतिवर्ग र उनीहरुका कठ्पुतली टे«ड युनियनको सहमतिमा प्रचलित बजार मूल्य, महंगी, श्रमिकको जीवनस्तर, अन्तर्राष्ट्रिय श्रम मापदण्ड, छिमेकी देशहरुको वेतनको अवस्था, नेपाल सरकारको सरकारी तथा निजामती कर्मचारीको तलव भत्ताको समेत ख्याल नगरी उनीहरुकै दवावमा निणर्य गर्नु खेदपूर्ण छ’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले सरकार, रोजगारदाता र अन्य सरोकारवाला संघ संस्थाहरुलाई आफ्ना कमजोरी सच्याई सबै श्रमिकपक्षीय टे«ड युनियनको सर्वपक्षीय सहमतिबाट नयाँ वेतन निर्धारण गर्न अपील समेत गरेका छन् ।
श्रमिकहरुको मौलिक अधिकारको समेत ख्याल गर्दै नयाँ मापदण्डका आधारमा वेतन निर्धारण नगरिए राष्ट्रव्यपी संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य उनीहरुको चेतावनी छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ