शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनता बैंक र लाइफ इन्स्युरेन्स कर्पोरेसनबीच बैंकासुरेन्स सम्झौता

मङ्गलबार, २६ असार २०७५, १६ : १९
मङ्गलबार, २६ असार २०७५

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र  लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा आज लाइफ इन्स्योरेन्स कर्पोरेसनसँग पनि संझौता गरेको बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारबीच बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप