बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ लुक्कमा ‘पण्डित बाजेको लौरी’

मङ्गलबार, २६ असार २०७५, १५ : ३६
मङ्गलबार, २६ असार २०७५

काठमाडौं – ४ साउनबाट प्रदर्शनमा आउने फिल्म हो । पहिलो पटक पुरेत्याइ गर्ने पण्डितहरुको कथामा निर्माण भएको फिल्म ‘पण्डित बाजेको लौरी’ले नयाँ पोष्टर सार्वजनिक गरेको छ ।

तल्लो जात भनेर हेपिने बादी समुदायकी महिला र ठूलो जात भनिने पण्डित बीचको कथामा निर्माण भएको चलचित्र दीपक ओलीले निर्देशन गरेका हुन् ।

एउटा सानो गाउँमा पण्डित्याईको भिन्न भिन्न काम गर्ने पण्डितको कथामा आफूले ‘पण्डित बाजेको लौरो’ बनाएको निर्देशक ओलीले बताए । गीत संगीत र ट्रेलरले दर्शकको चासो जगाउन सफल फिल्ममा कलाकार प्रविन खतिवडाले पण्डित बाजेको भुमिका निर्बाह गरेका छन् । 

अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर पाण्डेको छायांकन, मित्र डि.गुरुङको सम्पादन, विक्रम स्वार र दीपकमान सिंहको कोरियोग्राफी छ भने र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठले यसमा संगीत दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप