शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार स्वेच्छाचारी बन्दै गएपछि विरोध प्रर्दशनः पहाडी

मङ्गलबार, २६ असार २०७५, १४ : ३८
मङ्गलबार, २६ असार २०७५

काठमाडौं– मानव अधिकारीकर्मीहरुले स्वतन्त्रताको रक्षा गर्न सरकारसँग अपिल गर्दै मंगलबार सिंहदरबारको दक्षिण गेट अगाडि एक घण्टा धर्ना दिएका छन् ।  सरकारले काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि त्यसको विरोधमा दैनिक प्रर्दशन गर्दै आएका मानव अधिकारकर्मीहरुले मंगलबार एक घण्टा सिंहदरबारको दक्षिण गेटअघि धर्ना दिएका हुन् । 

सरकार स्वेच्छाचारी बन्दै गएपछि त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको मानव अधिकारकर्मी कृष्ण पहाडीले जानकारी दिए । उनले सत्याग्रह प्रतिकूल र हिंसाप्रति नरम हुने खालको सरकारको व्यवहार देखिएको भन्दै आपत्ति पनि जनाए ।

यसैबीच, निषेधित क्षेत्र तोडेर धर्नामा सहभागी भएका पहाडीसहित एक दर्जन बढी मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव अधिकारकर्मीहरुले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षा गर्न समेत सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप