शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सशस्त्र प्रहरी बललाई डुंगा उपलव्ध

मङ्गलबार, २६ असार २०७५, १४ : २१
मङ्गलबार, २६ असार २०७५

नवलपरासी– विपद्का बेला उद्धार कार्यलाई सहज बनाउन प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी बललाई सहयोग स्वरूप दुईवटा डुंगा उपलब्ध गराएको छ । 

प्रदेश नं ५मा बाढीबाट सबैभन्दा बढी सुस्ताका बासिन्दा जोखिममा परेको खबर आएपछि सुरक्षाकर्मीलाई उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे र सशस्त्र प्रहरी बल विओपी सुस्ताका प्रमुख छविलाल कुँवरलाई संयुक्त रुपमा सो डुंगा हस्तान्तरण गरेका थिए । 

उनले पछि थप डुंगामा पनि उपलब्ध गराउने जानकारी दिँदै सुस्ता क्षेत्रका बासिन्दाको सुरक्षा प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप