मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले ग-यो दुईवटा भूउपग्रह प्रक्षेपण, भारतको निगरानीको लागि प्रयोग गर्ने आशंका

मङ्गलबार, २६ असार २०७५, १४ : ०५
मङ्गलबार, २६ असार २०७५

एजेन्सी । चीनले पाकिस्तानको लागि सोमबार दुई सम्बेदनशील भूउपग्रह प्रक्षेपण ग¥यो । लगभग १९ वर्षको दौरानमा लङ्ग मार्च–२सी रकेटको यो पहिलो अन्तराष्ट्रिय व्यवसायिक प्रक्षेपण हो ।

पीआरएसएस–१ र पाकटीईएस–१ए नामका ती दुई भूउपग्रहलाई चीनको उत्तर पश्चिम भागमा रहेको जिउकान उपग्रह प्रक्षेपण केन्द्रबाट विहान ११ बजेर ५६ मिनेटमा प्रक्षेपित गरियो ।

पीआरएसएस–१ पाकिस्तानलाई बेचिएको पहिलो अप्टिकल रिमोट सेन्सिङ्ग भूउपग्रह हो । यो चाइना एकेडेमी अफ स्पेस टेक्नोलोजी(सीएएसटी)द्वारा कुनै विदेशी खरिददारको लागि विकसित १७ औं भूउपग्रह हो ।
पाकिस्तानद्वारा विकसित गरिएको वैज्ञानिक खोजमा उपयोग हुने पाकटीईएस–१ए लाई पनि त्यहि रकेटबाट अन्तरिक्ष पठाइयो । 

चिनिया सरकारी एजेन्सी शिन्हुआको रिपोर्ट अनुसार अगस्ट २०११ मा सञ्चार उपग्रह पाकसैट–१ आरको प्रक्षेपणपछि चीन र पाकिस्तानबीच भएको यो अर्को अन्तरिक्ष सहयोग भएको छ ।

पीआरएसएस–१ को प्रयोग जमिन र संसाधनको सर्वेक्षण, प्राकृतिक विपत्तीको निगरानी, कृषी अनुसन्धान, सहरी निर्माण र सीमा एवम सडक क्षेत्रको लागि रिमोट सेन्सिङ्ग सूचना उपलब्ध गराउनको लागि गरिनेछ ।
केही सुरक्षा विज्ञले पाकिस्तानले यी भूउपग्रहहरुलाई भारतको निगरानी गर्नको लागि प्रयोग गर्ने बताएका छन् ।

सोमबारको यो प्रक्षेपण लङ्ग मार्च रकेट श्रृङ्खलाको २७९ औं अभियान र करिब दुई दशकपछि पहिलो अन्तराष्ट्रिय प्रक्षेपण हो । सन् १९९९ मा यसले मोटोरोलाको इरिडियम उपग्रह प्रक्षेपण गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप