बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘शत्रु गते’ युएईका विभिन्न शहरमा देखाइने

मङ्गलबार, २६ असार २०७५, १४ : ०५
मङ्गलबार, २६ असार २०७५

काठमाडौं – व्यवसायिक चलचित्र ‘शत्रु गते’ युएईका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । १२ जुलाईदेखि खाडी राष्ट्रमा चलचित्रको प्रदर्शन गर्ने कार्यक्रम राखिएको निर्देशक प्रदीप खड्काले बताए । ‘संयुक्त अरब इमिरेट्सका दर्शकको धेरै माग भएकोले चलचित्र लगिन लागेको हो’ प्रदीपले भने– ‘अहिले युएईका विभिन्न शहरका १५ चलचित्र भवनमा लाग्ने छ ।’
 
कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले दुवईका स्थिानिय वितरकसँगको सहकार्यमा चलचित्र प्रदर्शन गर्न लागेको हो । महसञ्चारको निर्माण र किरण केसीको प्रस्तुति रहेको चलचित्र सामाजिक कथामा निर्माण भएको छ । 

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, वसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका रहेको चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

युएईपछि बहराइन, ओमन लगायतका देशमा पनि चलचित्र प्रदर्शन हुने कन्सेप्ट भिजन चलचित्र प्रोडक्शनका राजन अधिकारीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप