मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नदीले बगाएर मजदुर बेपत्ता

शनिबार, ३१ असार २०७४, १५ : ११
शनिबार, ३१ असार २०७४

दमौली - तनहुँको ब्यास नगरपालिका– १४ स्थित मास्दीघाटबाट शुक्रबार अपरान्ह सेती नदीले बगाएर एक मजदुर बेपत्ता भएका छन् । 

सेती नदीले बगाएर बेपत्ता हुनेमा चितवनको चण्डीभञ्ज्याङ– २ घर भई हाल इच्छाकामना गाउँपालिका बस्ने २५ वर्षीय वीरबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

झोलुङ्गे पुल निर्माण गर्ने क्रममा उनी सेती नदीमा डुबेर बेपत्ता भएका हुन् । स्थानीय बासिन्दा र प्रहरीले भुजेलको तीव्र खोजी गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप