मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा सामसङ्गले बनायो विश्वकै सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री

मङ्गलबार, २६ असार २०७५, १३ : ३४
मङ्गलबार, २६ असार २०७५

सामसङ्ग इलेक्ट्रोनिक कम्पनीले भारतमा विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री बनाएको छ । 

सोमबार भारत भ्रमणमा आएका दक्षिण कोरियाली नेता मुन जाए–इन र नरेन्द्र मोदीले संयुक्त रुपमा फ्याक्ट्रीको उद्घाटन गरे । 

यस फ्याक्ट्रीले पूर्ण क्षमतामा आफ्नो काम सुचारु गरेपछि भारतमा सामसङ्ग मोबाइल निर्माण दर दोब्बर हुनेछ । हाल भारतमा प्रति वर्ष ६ करोड सामसङ्ग मोबाइल सेट उत्पादन भइरहेको छ । अब यस उद्योगले पूर्ण रुपमा काम थालेपछि प्रति वर्ष १२ करोड सामसङ्ग मोबाइल सेट उत्पादन हुनेछ ।

स्मार्टफोन निर्माताहरु सायोमी करपोरेसनदेखि ओप्पो मोबाइल्ससम्मले विश्वमा सबैभन्दा छिट्टो बृद्धी भइरहेको भारतीय बजारलाई लक्षित गरेर फ्याक्ट्री बनाइरहेका छन् । 

यसले मोदीले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्नलाई अघि सारेको ‘मेक इन इण्डिया’ कार्यक्रम सफल भइरहेको देखाएको छ ।

एशियाको तेस्रो ठूलो अर्थतन्त्र रहेको भारतले अघिल्लो वर्ष हाल सम्मकै ठूलो प्रत्यक्ष विदेशी लगानी भित्राउन सफल भयो । उक्त वर्ष भारतले पुनलगानी समेत ६२ अर्ब डलर विदेशी लगानी आकर्षित गर्न सक्यो ।
“अबसर विशाल छ,” सीएमआर पीभीटीका अनुसन्धानदाता फैसल कवूसाले भने ,“यस्तो ठूलो संरचनाले सामसङ्गलाई १.३ अर्ब जनसङ्ख्या भएको देशमा रहेको ठूलो माग पु¥याउन सहयोग गर्नेछ । यहाँ ४२.५ करोड त मोबाइल प्रयोगकर्तानै छन् ।”

सन् २०१७ मा भारतको स्मार्टफोन बजार १४% ले बृद्धी भयो । यो शिर्ष २० अर्थतन्त्रमध्य सबैभन्दा तीब्र वृद्धीदर हो । भारतमा नयाँ फोनको मागमा थप बृद्धी भइरहेको छ । 
चीनको मोबाइल निर्माता सायोमीले अप्रिलमा आफूले भारतमा थप तीन वटा उद्योग बनाउने घोषणा ग¥यो । यो वर्षको शुरुमा सायोमीले सामसङ्गलाई उसले लामो समयदेखि ओगटेको पहिलो स्थानबाट विस्थापित ग¥यो । 

आफ्नो नयाँ फ्याक्ट्रीमा १०,००० पर्ने सस्तो मोबाइलदेखि एस–९ सम्म बन्ने सामसङ्गले जानकारी दिएको छ । 

भारतमा सत्तो खालको मोबाइल बढी विक्ने गरेको छ । यही कारण एप्पलका मोबाइलले भारतमा बजार हिस्सा बढाउन संघर्ष गरिरहेको छ । 

अघिल्लो वर्ष स्मार्टफोन बजारको आकारको हिसाबमा भारतले अमेरिकालाई विस्थापित गरेर दोस्रो स्थान हासल ग¥यो । पहिलो स्थानमा भने चीन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप