शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता सिटौलाको आरोप : ‘स्टेट टेरोरिजम’ शुरु भयो

मङ्गलबार, २६ असार २०७५, १३ : ३०
मङ्गलबार, २६ असार २०७५

काठमाडौं–काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको बामपन्थी सरकारले आफूले कानुन तोडेर ‘स्टेट टेरोरिजम’ शुरु गरेको आरोप लागएका छन् । काठमाडौंमा आज पत्रकारहरुसँगको अनौपचारिक छलफलमा नेता सिटौलाले उपकुलपतिलाई थुनेर राज्यले कानुन तोडे्को आरोप लगाए ।

‘राज्यले नै कानुन तोड्ने भनेको सरकार आफै हिंसामा उत्रियो भन्ने हो । यो स्टेट टोरोरिजम हो । राज्य आफै टेरोरिजममा गयो भने यस्तो हिंसा गर्ने सवैलाई मौका मिल्छ ।’ नेता सिटौलाले उपकुलपतिलाई विदेश जान रोकिएको प्रसंग उठाउँदै भने । 

पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले धेरै शक्ति प्रयोग नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । उनले न्यायालयसहित संवैधानिक निकायपनि सत्ता अनुकुल हुने गरी गतिविधि गर्न थालेको पनि दावी गरे ।

‘दुई तिहाईको सरकार छ । यदि संवैधानिक व्यवस्था र परिवर्तन बचाउने हो भने सरकारले कम अधिकार प्रयोग गर्नपर्छ ।’ २०६२–०६३ को आन्दोलनपछि बनेको सरकारमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थोरैभन्दा थोरै अधिकार प्रयोग गरेको दावी गर्दै नेता सिटौलाले भने, ‘सरकार आफूले कानुन पालना नगर्ने हो भने के हुन्छ ? ठेकेदार समातेको छ । मण्डलाजस्तो ठाँउमा प्रर्दशनमा रोक लगाएको छ । शुरुवाती दिनमा आएका यी गतिविधि चिन्ताका विषय हुन् । सरकार लोकतान्त्रिक तरिकालेचल्छ कि चल्दैन भन्ने उसले कम शक्ति प्रयोग चत्रिर अपनाउँछ कि अपनाउँदैन भन्ने कुराले पुष्टी गर्छ ।’

नेता सिटौलाले न्यायालयमा पनि सत्ता अनुकुल हुनुपर्छ भन्ने भावना देखिन थालेको दावी गरे । ‘विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानन्यायाधीसमाथि महाअभियोग दर्ता गरेको नजिर छ । अहिले संसदमा दुई हिताई छ । यसैलै संवैधानिक अंगमाथि दवाव बनाउने खतरा छ ।’ उनले भने, ‘सत्तालाई लगातार जिम्मेवार बनाउने काम हाम्रो हो ।’

उनले काँग्रेस एक भएर सरकारका गलत नीतिका विद्ध लड्ने पनि बताए । 

यस अघि काँग्रेस नेताहरुले सरकार अधिनायकवादउन्मुख दिशातिर गएको आरोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप