सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डः गुफाबाट निकालिएका आठ बच्चा यस्तो हालतमा

मङ्गलबार, २६ असार २०७५, १३ : ०९
मङ्गलबार, २६ असार २०७५

उत्तरी थाइल्याण्डमा गुफाबाट निकालिएका सबै आठ बच्चाको ‘शारिरिक र मानसिक स्वास्थ्य ठिक छ ’ । यो जानकारी थाइल्याण्डका एक स्वास्थ्य अधिकारीले दिएका हुन् ।

सार्वजनिक स्वास्थ्य मन्त्रालयका स्थायी सचिव जिसेदा चोकदेम्रोंगसुकले भने, ‘सबै आठ बच्चाको स्वास्थ्य छ, उनीहरुलाई सामान्य ज्वरो पनि छैन । सबैको मानसिक अवस्था ठिक छ ।’

यी सबै बच्चाहरुको एक्स–रे र रगत परिक्षण गराइएको छ ।

यद्यपी, दुई बच्चाको फोक्सोमा संक्रमणको आशंका छ । उनीहरुको उपचार भइरहेको छ । उनीहरुलाई कम्तीमा सात दिनसम्म अस्पतालमा डाक्टरको निगरानीमा राखिनेछ ।

आमा–बुवालाई देखे तर....

केही बच्चाहरुको शरिरको तापक्रम कम छ र कसैको मुटुको गती थोरै ढिला छ ।

स्वास्थ्य अधिकारीका अनुसार बच्चाहरुलाई सुरुमा ‘इन्स्ट्यान्ट फुड’ र ‘इनर्जी जेल’ दिइयो तर अब उनीहरुलाई सजिलै पचाउन सकिने खाना दिइएको छ ।

कुनै बच्चाले आफ्नो आमा–बुवालाई देखेका  छन् तर सिसा पारीबाट ।

केही दिनपछि उनीहरुको पुनः परिक्षण गरिनेछ । सबै कुरा ठिक भए उनीहरुलाई परिवारसँग भेट्न दिइनेछ । यद्यपी, बच्चालाई भेट्नका लागि परिवारका सदस्यले विशेष प्रकारको सुरक्षात्मक कपडा लगाउनुपर्छ र उनीहरुले बच्चालाई दुई मिटरभन्दा नजिकबाट हेर्न पाउँदैनन् ।

सनग्लास लगाइरहेका छन्ः

पहिलो चरणमा चार बच्चालाई शनिबार सुरक्षित बाहिर निकालिएको थियो । त्यसपछि सोमबार थप चार बच्चालाई बाहिर निकालिएको थियो ।

प्रशिक्षकसहित चार बच्चा अहिलेपनि गुफामा फसेका छन् र उनीहरुलाई बाहिर निकाल्नका लागि बचाउ अभियान चाँड नै सुरु हुनेछ । बच्चा दुई हप्ताभन्दा बढि समयसम्म गुफाको अँध्यारोमा बसेका कारण अहिले उनीहरुलाई सनग्लास लगाउन दिइएको छ ।

बचाउ अभियानको अगुवाइ गरिरहेका नारोंगसक आसोटानकोर्नका अनुसार यदि सबै ठिक भए बाँकी भएका बच्चा र उनका प्रशिक्षकलाई आजै बाहिर निकालिने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप