शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक सय ४१ को मृत्युः बाढीमा यसरी डुबिरहेको छ जापान (फोटोफिचर)

मङ्गलबार, २६ असार २०७५, १२ : ५१
मङ्गलबार, २६ असार २०७५

जापानमा अत्यधिक वर्षापछि विनाशकारी बाढी र भूस्खलनबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ । यीमध्ये कतिजना त हराइरहेका छन् । कतिको स्थिती अज्ञात भएका कारण प्रशासनले उनीहरुलाई मृत मानेको छ । बाढीका कारण लाखौं मानिस बेघर भएका छन् । त्यहाँ टेलिफोन र बत्तीको लाइन काटिएका छन् । तस्बिरमा हेर्नुहोस् बाढीका कारण जापानमा मच्चिएको विध्वंस ।

बाढीका कारण अहिलेसम्म २० लाख सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

बाढीले क्योटो र हिरोशिमासमेत आठ प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले खोज र बचाउ अभियानमा ७३ हजार उद्दारकर्मी तैनाथ गरिएको जानकारी दिए ।

देशमा प्राकृतिक विपत्ति आइपरेका कारण प्रधानमन्त्री शिन्जोले चार देशको आफ्नो विदेश यात्रा रद्द गरेका छन् । उनी बेल्जियम, फ्रान्स, साउदी अरब  इजिप्टको यात्रा गर्ने तयारीमा थिए ।

अधिकारीका अनुसार अहिलेसम्म ८० भन्दा बढि हराइरहेका छन् ।

बाढीका कारण मृत्यु हुनेको संख्या मंगलबार १ सय ४० पार भएको छ । अहिले पनि धेरै मानिसहरु भग्नावशेषमा दबिरहेको बताइन्छ । थुप्रै इलाकाको सर–सफाईपछि मृतकको संख्यामा थप वृद्धि हुने आशंका छ ।

सीएनएनका अनुसार बाढीका कारण १७ हजार घरमा बिजुली आपूर्ती बन्द भएको छ । फोन लाइन पनि काटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप