शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपमा कार्बनडाइअक्साइडको हाहाकार !

मङ्गलबार, २६ असार २०७५, १० : २९
मङ्गलबार, २६ असार २०७५

सिद्धान्तमा विश्वमा चाहिनेभन्दा बढी कार्बनडाइअक्साइड रहेको छ । सन् २०१५ मा पेरिस क्लाइमेट सहमतिले यस ग्यासको उत्सर्जनमा सीमा तोक्यो । कार्बनडाइअक्साइड उत्सर्जनमा निर्धारित यस सीमाले औद्योगिक युगको समय शुरु हुनुभन्दा अघिको तुलनामा औसत तापक्रम दुई डिग्री सेल्सियसमा रोक्ने आशा गरिएको छ ।

तर, अभ्यासमा भने युरोपका खाद्य र पेय पदार्थ उत्पादकहरुले आफूहरुसँग प्रयाप्त मात्रा यो ग्यास नभएको बताएका छन् । यो कमै ख्याल गरिएको अभाव भविष्यमा झनै खराब हुने देखिन्छ ।

‘खानयोग्य’ कार्बनडाइअक्साइड विभिन्न खाद्य र पेय पदार्थको लागि अत्यावश्यक तत्व हो । यसले कार्बोनेटेड ड्रिङ्क, वियरमा फिज निकाल्छ । जनावरहरुलाई काट्नु अघि बेहोस यसैले बनाउँछ । साथै प्याकेजिङ्गमा पनि यो ग्यास प्रयोग हुन्छ ।

यही बहुउपयोगिताका कारण यसको कमीले गर्दा निर्माता तथा वितरकहरुमा अहिले डर उत्पन्न भएको छ ।

यही कमीको कारण डच ब्रिअउरी हेइनकेन र अमेरिकी डिङ्क कम्पनी कोका कोलाले युरोपमा रहेका केही प्लान्टहरु बन्द गर्न बाध्य भएका छन् ।

कार्बनडाइअक्साइडको कमीको असर अन्यतिर पनि असर परेको छ । ब्रिटिस पब चेन जेडी विदरस्पुनमा केही ब्राण्डको बियर सकिएको छ । स्कटल्याण्डको सुगुरहरुको सबैभन्दा ठूलो बधशाला बन्द भएको छ । त्यस्तै जुन २९ मा ब्रिटिश बेकरी वारवर्टनले यही समस्याको कारणले यसले आफ्नो उत्पादनमाआधा कटौती गरेको बतायो ।

अमेरिकामा कार्बनडाइअक्साइक प्राकृतिक इनारमै पाइन्छ । युरोपको ५०% कार्बनडाइअक्साइड भने एम्मोनिया ग्यास उत्पादनको बाइप्रोडक्डको रुपमा उत्पादन हुने गर्छ । त्यस्तै थप ३०% हाइड्रोजन र बाओइथानोल बनाउँदाको प्रकृयाबाट उत्पादन हुने गर्छ ।

यी स्रोतहरु मौसमी हुने गर्छ । उदारणको लागि हाल ब्रिटेनका पाँच मध्य तीन एम्मोनिया उत्पादन गर्ने संयन्त्र मर्मतको लागि बन्द गरिएको छ । यसको पछाडी आर्थिक कारण छ ः कृषकहरु गृष्म महिनामा मलको प्रयोग घटाइरहेको छन् । यसो गरेर उनीहरु मलको मूल्यमा दबाब दिइरहेका छन् । एम्मोनियाको निर्माणमा प्रयोग हुने प्राकृतिक ग्यासको उच्च मूल्यले गर्दा मार्जिन संकुचित बनाएको छ ।

अधिकांश उपभोग्य सामग्रीमा यस्तोमा मूल्य बढ्छ र यसले उत्पादकहरुलाई प्रोत्साहित गर्छ । तर कार्बनडाइअक्साइडको बजारले त्यसरी काम गर्दैन । यसका मुख्य तीन कारण छन् ।

पहिलो कार्बनडाइअक्साइडको कुनै स्पोट मूल्य हुँदैन जसलाई छिटोछिटो समायोजन गर्न सकियोस् । अधिकांश ग्यास दीर्घकालीन सम्झौताबाट बेचिन्छ ।

दोस्रो यो ग्यास एमोनिया र अन्य केमिकल बनाउँदाको सस्तो बाइप्रोडक्ट भएकोले कम्पनीहरुलाई कार्बनडाइअक्साइड मात्र उत्पादन गर्दा फाइदा हुँदैन । सन् २०१६ मा विश्वव्यापी रुपमा कार्बनडाइअक्साइडको बिक्री मूल्य २ अर्ब डलर मात्र हुँदा एमोनियाको बिक्री ४९ अर्ब डलर बराबर भएको थियो ।

तेस्रो कारण यो ग्यासलाई स्थानन्तरण निक्कै महङ्गो पर्छ । यस कारणले यसलाई अमेरिका र एशियाबाट युरोपमा ल्याउँदा निक्कै बढी मूल्य पर्छ ।

युरोपमा कार्बनडाइअक्साइडको सबैभन्दा ठूलो वितरक प्रेक्सेइर, लिन्डे, मेसर र एअर लिक्जीडले एम्मोनिया प्लान्ट छिट्टै सुचारु भएर यो अभाव अन्त्य हुने आश गरेका छन् ।

तर ग्यासका प्रयोगकर्ताहरु भने त्यति आशावादी छैनन् । सन् २०१५ मा पनि यस्तै अभाव देखिएको थियो । प्रत्येक गृष्ममा यो समस्या झनै खराब बन्दै गएको देखिन्छ ।

युरोपमा कार्बनडाइअक्साइडको माग एम्मोनियाको माग भन्दा निक्कै गुणा बढी रहेको छ । तर मागको ठिक विपरित एम्मोनिया निर्माण प्लान्टहरु प्राकृतिक ग्यासको सस्तो स्रोत भएका अन्य महादेशहरुमा विस्तारै स्थानतरण भइरहेका छन् ।

के हो त समाधान ?

कार्बन डाइअक्साइडका अन्य स्रोतहरु खोज्नु एउटा समाधान हुन सक्छ । बायोइथानोल उत्पादनहरु युरोपमा विस्तार गर्न सकिन्छ तर त्यसको लागि अनुदान चाहिन्छ ।

पावर स्टेशनबाट हुने उत्सर्जनहरु पक्रेर त्यसबाट अन्य ग्यासहरु हटाएर कार्बनडाइअक्साइडलाई छुट्टाउन सकिन्छ । पछिल्लो विकल्प हालको अवस्थामा महङ्गो पर्नसक्छ तर कार्बन करले यसलाई व्यापारिक रुपमा फाइदा पुर्याउँछ ।

यस्ता नीतिहरु वातारवरणीय मैत्री हुनसक्छ । साथै यसले खाद्य र पेय उद्योगहरुलाई प्रत्यक गृष्ममा राहत पनि प्रदान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप